५ पुष २०८२, शनिबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

जनकपुर न्यूरो हस्पिटलमा स्वास्थ्य सेवा विभागको अनुगमन

२९ साउन, जनकपुरधाम । अनुमति नलिई सञ्चालित जनकपुर न्यूरो हस्पिटमा स्वास्थ्य सेवा विभागले सोमबार अनुगमन गरेको छ । स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोली सोमबार हस्पिटल पुगेको थियो ।यस हस्पिटलमा विभागबाट स्वीकृति लिएरमात्र अस्पताल सञ्चालन हुनुपर्नेमा कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालन गरिएको र उपचारमा लापरबाहीका कारण केही बिरामीको मृत्यु भएको समेत पाइएको छ । सोमबार विहान ८ बजे हस्पिटलमा पुगेको टोली करिब ३ घण्टासम्म हस्पिटलमा रहेको थियो ।

‘समाचारमा आएको यो हस्पिटलको विषयमा प्रशासनसँग छलफल र हस्पिटलको अनुगमन गरिएको छ’ स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बास्तोलाले अनलाइनखबरसंग भने ।

उनका अनुसार यही हस्पिटलको विषयमा मेडिकल काउन्सिलको पनि चासो रहेकाले उसको पनि प्रतिनिधिसंगै आएर अनुगमन गरेको हो । यो हस्पिटलले विभागमा अनुमतिका लागि दिएको निवेदनको विषयमा पुनः अनुगमन समेत गरिएको निर्देशक बास्तोलको भनाइ छ ।

अनुगमनको विस्तृत विवरण तयार गरेपछि त्यसको जानकारी गराउने बास्तोलाले बताए ।

अनुगमनमा सहभागी एक अधिकारीका अनुसार हस्पिटललाई तुरुन्त मापदण्ड पूरा गरी स्वीकृति लिन अथवा विशिष्टिकृत सेवा हटाएर जेनरल सेवा सञ्चालनको अनुमति अथवा हस्पिटल नै बन्द गर्न टोलीले निर्देशन दिएको छ ।

यसअघि आइतबार नै लापरबाहीले बिरामीको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाउँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरी घटनामा भएको अनुसन्धानको सम्पूर्ण जानकारी पठाउन निर्देशन दिएको थियो ।

डेढ वर्षदेखि जनकपुरको मुरलीचोकमा डा. विजय राउत र इन्जिनियर अजय राउतले संचालन गरेका छन् । दर्ताको लागि सुरुमै स्वास्थ्य सेवा विभागमा निवेदन दिएको छ । हालसम्म दर्ताको लागि विभागले दुई÷तीन पटक अनुगमन गरेपनि मापदण्ड पूरा गरेको छैन । जसको कारण सञ्चालन स्वीकृति प्रदान नगरेको स्वास्थ्य सेवा विभागको अस्पताल अनुगमन तथा सुदृढीकरण शाखा प्रमुख नरेन्द्र खनाल बताउँछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व