११ श्रावण २०८१, शुक्रबार
राजनीति

एमाले सांसदहरुको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

२४ साउन, काठमाडौं । नेकपा एमाले सांसदहरुको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो ।

तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए ।

सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् । त्यसपछि सभामुखले २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्