२० माघ २०८२, मंगलवार
मुख्‍य समाचार

वाकीटाकी लिएका रास्वपाका कार्यकर्ताप्रति चितवन प्रशासनको चासो, अनुसन्धान गर्न प्रहरीलाई निर्देशन

२४ साउन, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा वाकीटाकी लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता देखिएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको छ ।

पहिरो गएको ठाउँमा देखिएका रास्वपाका एक कार्यकर्ताले लिएको वाकीटाकी दर्तावाल हो कि होइन भन्ने विषयमा छानिबन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई निर्देशन दिएको हो ।

मंगलबार (हिजो) नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा पहिरो गएको स्थानमा रास्वपाको चुनाव चिह्न अंकित ज्याकेट लगाएका र वाकीटाकी लिएका व्यक्ति देखिएका थिए । फेसबुकमा सार्वजनिक भएको उक्त फोटोमा ती व्यक्तिले लगाएको ज्याकेटमा आर.ए.टी. (र्‍यापिड एक्सन टिम) पनि लेखिएको थियो ।

रास्वपा समर्थकहरुले पहिरो पन्छाउन र जाममा परेका सवारी साधनको ट्राफिक व्यवस्थापन गर्न रास्वपाको टोली खटिएको भनेर प्रचार गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले चासो देखाएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै पहिरो पन्छाउने वा जाम हटाउने विषयमा कुनै भूमिका नखेलेको जानकारी दिएका छन् ।

प्रजिअ पौडेलले जारी गरेको सूचनामा कुनै दलका कार्यकर्ताले पहिरो पन्छाउने कार्यमा सहयोग गर्छौं भनेर स्वीकृती समेत नलिएको उल्लेख छ । पहिरो पन्छाउन राज्यकै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी ट्राफिक व्यवस्थापनसमेत गरिएको सूचनामा उल्लेख छ ।

साथै प्रशासनले विपद्का घटनामा कुनै दल वा संगठनको परिचय विना र विपद व्यवस्थापन समितिको स्वीकृतिमा विशुद्ध स्वयंसेवीका रुपमा मात्रै खटिन सक्ने स्पष्ट पारेको छ ।

हेर्नुहोस् सूचना

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको