७ पुष २०८२, सोमबार
मुख्‍य समाचार समाज

पुर्वी चितवनको खैरहनीमा मान्छे मारेको बाघ नियन्त्रणमा

२२ साउन, चितवन । पुर्वी चितवनको खैरहनीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आइतबार दिउँसो खैरहनी नगरपालिका वडा नं. ११ का ३५ वर्षीय अनिल तामाङलाई आक्रमण गर्ने ४ वर्षको भाले वयस्क बाघलाई आज सोमबार दिउँसो साढे ४ बजे नियन्त्रणमा लिइएको हो ।

बाघलाई खैरहनी नगरपालिका वडा नं. १२ मा सहनपुरस्थित केराघारीमा हात्तीको सहयोगमा डार्ट गरेर नियन्त्रणमा लिइएको सूचना अधिकारी तिवारीले बताए । बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको थियो ।
नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको पूर्वी सेक्टर सौराहाको खोरमा राखिएको छ । वयस्क बाघ केराघारीमा दुई दिनसम्म बसेपछि गाउँमा आतंक फैलिएको थियो ।

चालु आर्थिक वर्षमा मात्रै बाघले दुई जनालाई आक्रमण गरेर ज्यान लिएको छ । गत वर्ष बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व