१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

युरोप भ्रमणमा निस्किए माधवकुमार नेपाल

२२ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणमा गएका छन् ।

प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् ।

उनी प्रवासी नेपाली एकता मञ्च युरोपले स्विट्जरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्