५ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार

शिक्षा ऐनका कतिपय विषय संघीयता विरोधि : गाउँपालिका महासंघ

२१ साउन, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधयेक २०८० मा राखिएका केही प्रावधान संघीयता विरोधी भएको भन्दै परिमार्जन गर्न माग गरेको छ ।

भक्तपुरको घ्याम्पेडाँडामा शनिबार सम्पन्न गाउँपालिका राष्ट्रिय महासंघ नेपालको चौथो केन्द्रीय बैठकले विधेयक परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।

बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘कतिपय प्रावधानहरु संघीय प्रणालीलाई नै चुनौती दिने र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप हुने प्रकृतिको पाइएकोले संविधानले तहगत सरकारलाई दिएको अधिकारलाई संकुचन नहुने गरी उक्त विधयेकलाई परिमार्जनसहित पारित गर्नुपर्ने छ ।’

यस्तै महासंघले कार्यविस्तृतीकरण प्रतिवेदनलाई परिमार्जन गर्ने निर्णय सकारात्मक भएको भन्दै प्रतिवेदनको लागि स्थानीय सरकारसँग पर्याप्त परामर्श गन र संविधानले प्रदान गरेका तहगत सरकारका अधिकारहरुमा संकचुन एवं हस्तक्षेप नहुनेतर्फ गम्भिर बन्न अनुरोध समेत गरेको छ ।

महासंघले अनुसार संघीय निजामती सेवा विधयेक पनि सरोकारवालासँग परामर्श गरी तत्काल अगाडि बढाउन ध्यानाकर्षण गराएको छ । केन्द्रीय समितिले संघीय समानीकरण अनुदानमा विनियोजन रकम समेत सबै निकासा हुनुपर्ने माग गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले बताइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको