१२ श्रावण २०८१, शनिबार
मनोरन्जन

बालकोटमा ओलीसँग रीमाले खेलिन् टेबलटेनिस, लिइन् चियाको चुस्की

१९ साउन, काठमाडौं । शुक्रबार एकाबिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजन पर्सनालिटी एवं अभिनेत्री रीमा विश्वकर्मासँगको फोटो फेसबुकमा सेयर गरे । ओलीको भान्साकोठाको उक्त तस्वीरमा रीमासँग उनले चियाको चुस्की लिइरहेको देख्न सकिन्छ ।

उक्त फोटोको क्याप्सन थियो- ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्वीरसँगै सबैलाई नमस्कार, शुभ बिहानी । तपाईंहरू पनि चियाको आनन्द लिनुस् है ।’

रीमाले पनि ओलीसँग चिया पिएको, गफगाफ गरेकोदेखि टेबल टेनिस खेलेकोजस्ता तस्वीर सेयर गरेकी छन् । ओलीसँगको भेटपछि रीमाले आफूलाई ओली प्रभावशाली व्यक्ति लागेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ । नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’ चैं वास्तवमै प्रभावशाली लाग्यो । परिवर्तन रूचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसात गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला ।’

प्रतिक्रिया दिनुहोस्