१२ श्रावण २०८१, शनिबार
राजनीति

प्रधानमन्त्री कार्यालय ‘सेन्टर अफ एक्सलेन्स’ बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

मन्त्रिपरिषदको कार्यालयलाई आकर्षणको केन्द्र बनाउन निर्देशन

१९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर अफ एक्सलेन्स’ (उत्कृष्टताको केन्द्र) बनाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मातहतका निकायहरुको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको कामकारवहीलाई प्रभावकारी बनाउँदै कार्यालयलाई आकर्षणको केन्द्र बनाउन निर्देशन दिएका छन् ।

‘हालको कार्यप्रणालीमा सुधार गरी सामाजिक न्याय, सुशासन र समृद्धि हासिल गर्ने सरकारको अभिष्ट पुरा गर्न थप प्रभावकारी र रणनीतिक ढंगबाट कार्यसम्पादन गर्नुस्,’ उनले बैठकमा भनेका छन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सहसचिव रेखा दासले कार्यालय र मातहतका निकायहरुले गत वर्षमा हासिल गरेको प्रगति, कार्यान्वयनमा देखिएका समस्याहरु र सुधारका लागि चाल्नुपर्ने कदमहरुसहितको एकीकृत प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्