१७ कार्तिक २०८२, सोमबार
मुख्‍य समाचार समाचार

अस्पताललाई एक महिनाभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न मन्त्रालयको निर्देशन

१७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका सबै अस्पताललाई एक महिना भित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै सरकारी, निजी, गैरसरकारी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।

एक महिनाभित्र आफ्नै फार्मेसी सञ्चालन नगरेको पाइएमा कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाइने स्वास्थ्य मन्त्रालयले चेतावनी समेत दिएको छ ।

अस्पताल फार्मेसी निर्देशिका २०७२ अनुसार आफ्नै स्वामित्वमा रहेको अस्पताल फार्मेसी मार्फ अस्पतालमा प्रयोग हुने सम्पूर्ण औषधि तथा औषधिजन्य सामग्रीहरु २४ सै घण्टा बिरामी वा बिरामी कुरुवाले प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले तयार पारेको न्यूनतम सेवा मापदण्डमा पनि अस्पताल हाताभित्र अस्पतालकै फार्मेसी हुनुपर्ने र अस्पताल बाहेक अन्य फार्मेसी हुनु हुँदैन भन्ने प्रावधान राखेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार सबै अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई आफ्नै फार्मेसी नभए एक महिना भित्र आवश्यक प्रक्रिया पुरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि