११ श्रावण २०८१, शुक्रबार
समाज

बागमतीमा आजदेखि घट्यो सार्वजनिक यातायातको भाडा, कुन रूटमा कति ? (भाडादरसहित)

११ साउन, काठमाडौं। बागमती प्रदेशमा बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटेको छ । यसअघि बागमती प्रदेशले ११ जेठमा गाडी भाडादर समायोजन गरेको थियो ।
नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो ।

बागमती प्रदेश अन्तर्गत श्रम,रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत भाडा घटेको छ ।

मालबाहक सवारीमा प्रतिकिमि प्रतिटनको भाडा १४ रुपैयाँ १९ पैसा घटेको छ । जस अनुसार अबको भाडा १३ रुपैयाँ ७४ पैसा लाग्ने छ ।

यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ ।

उक्त भाडादरमा १५ केजीसम्म यात्रुलै निःशुल्क सरसामान बोक्न पाउनेछन् भने त्यसभन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँको दरले भाडा लाग्ने राजपत्रमा उल्लेख छ

भाडादर समायोजन भएसँगै काठमाडौंबाट सबैभन्दा लामो दुरी धुलिखेल–खुर्कोट– मन्थली–तामाकोशी हुँदै जिरीसम्मको भाडा २३ रुपैयाँले घटेको छ । अब कामाडौंदेखि जिरीसम्म पुग्न ९ सय ८६ रूपैयाँ लाग्ने छ । यसअघि जिरीसम्मको भाडा १ हजार ९ रुपैयाँ थियो ।

हेर्नुहोस् भाडा सूचीः

प्रतिक्रिया दिनुहोस्