१२ श्रावण २०८१, शनिबार
समाज

एक क्विन्टल सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

१० साउन, काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नरेश भनेर चिनिने सुरेन्द्र तामाङ रहेका छन् । विभागका एक अधिकारीका अनुसार, तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेका थिए ।

उनलाई पक्राउ गरेर विभागले माथिल्लो नेक्ससबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ ।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्