११ श्रावण २०८१, शुक्रबार
समाज

एक क्वीन्टल सुन प्रकरण : व्यवसायी अडुकियाको घरमा छापा

१० साउन, काठमाडौं । व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजश्व अनुसन्धान विभागले छापा मारेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको स्रोतले अनलाइनखबरलाई बतायो ।

उनले पछिल्लो वर्षहरुमा हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण गरेको समेत पाइएको अधिकृतहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्