११ श्रावण २०८१, शुक्रबार
राजनीति

मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन कांग्रेसको माग

१० साउन, काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन माग गरेको छ ।

पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए ।

यो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न समेत सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्