१२ श्रावण २०८१, शनिबार
समाज

स्ववियूले त्रिविको सेवा आयोग भवन खाली गरायो

१० साउन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको त्रिवि सेवा आयोग खाली गराएको छ ।

सेवा आयोगको भवन छात्राको लागि बनेको त्यही प्रयोजनमा लगाउने गरि खाली गरिएको स्ववियूले जनाएको छ ।

‘यो ठाउँ खालि भयो भने छात्रावासका लागि पटक पटक भन्दै आएका हौं । अहिले जम्मा ६५ जना मात्रै नयाँले गर्ल्स होस्टेलमा प्रवेश पाउँछन्, स्ववियूका अध्यक्ष श्यामराज ओझाले भने ।

पटक पटक सेवा आयोगले खाली गर्ने वचन दिएपनि खाली नगरेको स्ववियूले जनाएको छ । सेवा आयोगका पदाधिकारी एक वर्षदेखि रिक्त छन् । ‘विश्वविद्यालयका प्राध्यापक र कर्मचारी भर्ना गर्ने सेवा आयोगमा दलीय भागवण्डाको खिचातानीले हुनसकेको छैन,’ओझाले भने ।

स्ववियूले छात्रावासको रुपमा भवनलाई खाली गर्ने उद्देश्यले कार्यालयका सामग्रीहरु बाहिर निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्