१२ श्रावण २०८१, शनिबार
समाज

लघुवित्त संस्था खारेजीको माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन, केही पक्राउ

१० साउन, काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको नयाँ बानेश्वरमा आज विरोध प्रदर्शन गरेका छन् ।

निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन् ।

माग सम्बोधनका लागि दबाव दिने उद्देश्यले काठमाडौंको एभरेष्ट होटल अगाडिको सडकमा पीडितहरुले आज प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारी संसद भवन तर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।

केहीबेरको धकेलाधकेल पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्