१२ श्रावण २०८१, शनिबार
राजनीति

कांग्रेसलाई जानकारी दिएर समाजवादी मोर्चा बनाइएको हो : उपसभापति खड्का

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँग गठबन्धन गर्दा नै समाजवादी मोर्चा बनाउने जानकारी दिइएको बताएका छन् ।

केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति खड्काले कांग्रेस सहितको गठबन्धन बन्दा नै प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादीले अरु दलसँग मिलेर मोर्चा बनाउने जानकारी दिएको बताए ।

त्यो छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेको भन्दै उनले भने, ‘त्यही दिन नै समाजवादी मोर्चा बनाउने सहमति भएको छ भनेर जानकारी गराउनुभएको हो ।’

प्रतिक्रिया दिनुहोस्