१२ श्रावण २०८१, शनिबार
खेलकुद

पौडीबाज नासिरले जापानमा बनाए नयाँ कीर्तिमान, आज २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दै

८ साउन, काठमाडौँ । पौडीबाज नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनशिप–२०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नासिरले चार सय मीटर फ्रिस्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समय खर्चंदै आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेको फुकुओकाबाट नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।

उक्त स्पर्धामा यसअघि नासिरको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयको कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान गत असारमा आयोजना भएको ११औँ एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।

अब आज नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्