७ जेष्ठ २०८१, सोमबार
प्रदेस समाचार समाज सुदूरपश्चिम

बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु

८ साउन, धनगढी । अविरल वर्षासँगै बैतडीमा पहिरोले घर पुरिदा आमा छोराको मृत्यु भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका वडा -२ को भैरु टोलकी २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ४ वर्षीय रिजन जागरीको मृत्यु भएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रेमबहादुर शाहीले जानकारी दिए ।

डीएसपी शाहीका अनुसार पहिरोमा मृतकका देवर १७ वर्षीय गब्बर जागरी घाइते भएका छन् ।

स्थानीयले भने मृतककी सासुआमा ४५ वर्षीय राइमती र सोही घरमा बसेकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि समान्य घाइते रहेको बताएका छन् ।

बैतडीमा आइतबार रातिदेखि अविरल वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्