११ श्रावण २०८१, शुक्रबार
राजनीति

काठमाडौंमा रहेका चिनियाँ नेतासित प्रचण्डको भिडियो वार्ता

७ साउन, काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल संवाद गरेका छन् ।

संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई न्यानो स्वागत रहेको बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम गएका थिए ।

चिनियाँ नेता युआन जियाजुन भने आइतबार बिहान काठमाडौं आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्