१२ श्रावण २०८१, शनिबार
राजनीति

केही दलले नेपाली सेनामाथि आक्रमण गरिरहेका छन्ः एनपी साउद

७ साउन, काठमाडौं। नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले नेपाली सेनामाथि केही पार्टीले आक्रमण गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै साउदले सत्ता नपाएर उनीहरु तिल्मिलाएको बताए ।

विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको उनले बताए । ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ साउदले भने ।

असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको साउदले बताए । सत्ता गठबन्धन र कांग्रेस सही ट्रयाकमा हिडिरहेको उनले दाबी गरे ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिइकन साउदले अदालतको विचाराधीन मुद्दामा बोल्नुपर्ने अवस्था नरहेको बताए । ‘अदालतको निर्णय पनि हामीले पर्खनुपर्दछ । पार्टीमा १, २, ३ जनाको कुरा मात्रै होइन । पत्रिकाले लेखेको कुराको आधारमा पार्टीलाई हित गर्दैन,’ साउदले भने ।

पार्टीमा २० प्रतिशत क्रियाशील सदस्य आफ्ना उम्मेदवारलाई भोट हाल्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्