२७ आश्विन २०८२, सोमबार
प्रदेस समाचार मधेश समाज

महोत्तरीमा डीएसपीमाथि आक्रमण, ३ सदस्य छानबिन समिति गठन

७ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो ।

घटना बिहीबार राति १० बजेको हो । महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिलला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । ‘११ बजे राति घाइते अवस्थामा रहेको हामीलाई थाहा भएपछि अस्पताल भर्ना गराएका थियौं’ डीएसपी गिरीले भने, ‘अहिले उहाँको उपचार काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ ।’

घटनास्थलमा बचाऊ-बचाऊ भन्दै डीएसपी यादवले गुहार मागेका थिए । उनी किन राति त्यहाँ पुगेका थिए र के कारणले घटना भयो भन्ने खुलेको छैन ।

घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको बुझिएको छ । घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ । टोली शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो ।

प्रदेश प्रहरी कार्यालयकाप्रवक्ता समेत रहेका छानबिन टोलीका संयोजक एसपी श्रेष्ठले छानबिन गरिरहेकाले अहिले केही भन्न नमिल्ने बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व