८ पुष २०८२, मंगलवार
कोशी समाचार समाज

धरानमा गोली हानी युवकको हत्या, रकम र मोबाइल पनि लुटियो

५ साउन, विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ ।

शुक्रबार बेलुका विराटनगर महानगरपालिका -५ का  २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।

उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै  गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ  ।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा बिपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए ।

एसपी ढकालका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । गोली प्रहार गरेको कारण नखुलेको उनको भनाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि