१२ श्रावण २०८१, शनिबार
अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० किलोभन्दा बढी परिमाणमा सुन बरामद

३ साउन, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् ।

अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ५० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् ।

स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।

यसक्रममा केही व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्