११ श्रावण २०८१, शुक्रबार
राजनीति

कांग्रेस बैठकमा अनुशासन समितिका संयोजक ढुंगाना माथि उठ्यो प्रश्न

३ साउन, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले विधान विपरित कार्य गरेको कांग्रेस बैठकमा कुरा उठेको छ ।

केन्द्रीय समितिको बैठकको दोस्रो दिन बोल्ने क्रममा केन्द्रीय सदस्य जीवन बहादुर शाही र कर्णालीका सभापति ललितजंग शाहीले अनुशासन समितिका संयोजकलाई एकल निर्णय गर्ने अधिकार कसले दियो भनि प्रश्न गरेका छन् ।

निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठ र अनुशासन समितिका संयोजक ढुङ्गानको प्रतिवेदन विरोधाभासपूर्ण रहेको नेताहरुले बताए ।

‘विधानको धाराले स्वतः निस्कासित हुने व्यवस्थामा विपरित संयोजकले एकल निर्णय गर्नुभयो।’ अनुशासन समितिका संयोजक ढुङ्गानालाई विधानको काम, कर्तव्य र अधिकार हेर्न प्रदेश सभापति शाहीले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्