१२ श्रावण २०८१, शनिबार
राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक जारी, दोस्रो दिन केन्द्रीय सदस्यहरुले धारणा राख्दै

३ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकको हिजो (मंगलबार)देखि सुरु भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका थिए ।

ती प्रतिवेदनहरुमाथि आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्