१२ श्रावण २०८१, शनिबार
समाज

सिनामंगल पुग्‍यो सेनाको बम डिस्पोजल टोली घटनास्थल

३ साउन, काठमाडौं । काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ । सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएर निष्क्रिय पार्न नेपाली सेनाको टोलीलाई बोलाएको हो ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्