१२ श्रावण २०८१, शनिबार
समाज

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

१३ असार, काठमाडौं। एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

‘संसदीय दलको बैठकले बजेटको पक्षमा भोट हाल्ने निर्णय गरेको छ,’ उनले भने,‘हामीले बजेट निर्माणको प्रक्रिया र असन्तुलनको बारेमा आफ्नो कुरा राखेर बजेटको पक्षमा मतदान गर्छौँ।’

प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ। गत १५ जेठमा प्रस्तुत भएको बजेट आज पारित गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्