६ जेष्ठ २०८१, आईतवार
अर्थ बैंक–वित्त सूचना प्रविधि

चिनियाँ अर्बपति ज्याक मा आज चितवनको मेघौली घुम्न जाने

मंगलबार नेपाल भ्रमणमा आएका चिनियाँ अर्बपति ज्याक मा आज चितवनको मेघौली घुम्ने भएका छन् । १५ दिने पर्यटकीय भिसामा नेपाल आएका चिनियाँ अर्वपति ज्याकको टोली  मेघौलीस्थित मेघौली सेराइ रिसोर्टमा बस्ने छन्ल ।  

मेघौली सेराइ रिसोर्टमा सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग भेट्‍ने कार्यक्रम रहेको छ । मेघौली सेराइ रिसोर्टका  सञ्चालक चौधरी ग्रुप (सिजी)का प्रबन्ध निर्देशक निर्वाण चौधरी का मित्रसमेत रहेका चिनियाँ अर्बपति ज्याकले मेघौली रिसोर्टमै बस्ने इच्छा गरेको व्यक्त गरेका थिए। विनोद चौधरी नेपालका एक मात्र अर्बपति हुन्।

भेटमा चौधरीसँग ज्याकमाले आफ्नो विजनेस प्लान बताउनेछन् भने अनलाइन कारोबार र व्‍यापारबारे केही सम्झौता पनि हुने बताइएको छ ।  

बंगलादेशको ढाकाबाट चार्टर जहाज लिएर मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका ज्याक मा र उनको टोली नक्सालस्थित पाँचतारे होटल मेरिअटमा लन्च ९दिउँसोको खाना० खाएका थिए भने राति सुत्न भने उनीहरू द्वारिकाज गएका थिए। 

तीन वर्षअघि एक सार्वजनिक कार्यक्रममा चीनको वित्त नियामकको आलोचना गरेपछि ज्याक माले सञ्चालन गरेका विभिन्न कम्पनीमाथि चीन सरकारले कडाइ गरिरहेको छ।

सरकाको वक्रदृष्टिमा परेपछि ज्याक जापान र थाइल्यान्डमा लामो समय बिताएर तीन महिनाअघि चीन फर्किएका थिए।

को हुन ज्‍याक मा ?

ज्याकको बाल्यकाल
 

सन् १९६४ मा चीनको शिंजियाङ्ग प्रान्तको हंग्झोमा मा यूनको जन्म भयो । ज्याक माका आमाबुवा चिनियाँ नृत्य संस्था पिंगटानका कलाकार थिए । यो एकप्रकारको कथापरक परम्परागत नृत्य देखाउने र सिकाउने संस्था थियो ।

बाल्यकालमा ज्याक माको नाम मा यून थियो । उनको नाम परिवर्तन भएर ज्याक मा हुनुको पनि रोचक कहानी छ ।

दुब्लो पातलो गाँठीको उनी बाल्यकालमा पढाइमा खासै अब्बल थिएनन्, न त कडा मिजासको नै थिए । तर जब उनीभित्र अंग्रेजी सिक्ने ठूलो रहर थियो । अंग्रेजी भाषा सिक्नका लागि उनले चीनमा आउने पर्यटकको सहयोग लिए । उनले पर्यटकलाई सहर घुमाउँथे र त्यसको बदलामा आफूलाई अंग्रेजी सिकाइदिन अनुरोध गर्दथे । त्यहीँ क्रममा एकजना पर्यटकले नै उनलाई ज्याक नामले बोलाउन थाले । त्यसपछि उनको नाम ज्याक मा भयो । उनले फरर्र अंग्रेजी बोल्ने हुनका लागि निकै मेहेनत गरे । पर्यटकको संगतले उनको अंग्रेजी राम्रो हुँदै गयो । त्यसपछि उनले अंग्रेजी भाषामै स्नातक गर्ने निधो गरे ।

अनुवाद केन्द्रदेखि इन्टरनेटसम्मको यात्रा

ज्याकको अंग्रेजी भाषा यति राम्रो भयो कि उनले भाषा अनुवाद केन्द्र नै खोले। त्यहाँ अंग्रेजीबाट चिनियाँ र चिनियाँबाट अंग्रेजी भाषामा अनुवाद गर्ने काम गरिन्थ्यो।

आफ्नो अब्बल अंग्रेजीकै कारणले उनले हंग्झो दियांझी विश्वविद्यालय अंग्रेजी भाषा तथा अन्तराष्ट्रिय व्यापार विषय पढाउन थाले। तर यो त एक झल्को बसिबियाँलो न थियो, अलिबाबा आउन त बाँकी नै थियो।

सन् १९९५(९५ मा ज्याक अमेरिका गए । त्यस समयमा चीनमा इन्टरनेटको खासै बोलवाला थिएन ।

आफ्नो पहिलो इन्टरनेट अनुभवका बारेमा बीबीसीसँग कुरा गर्दै ज्याकले भनेका थिए, मेरो साथी स्टुआर्टले मसँग भन्यो कि यो इन्टरनेट हो। यसमा तिमीले जे चाह्यो त्यो कुरा खोज्न सक्दछौ। मलाई अनौठो लाग्यो। त्यसपछि मैले इन्टरनेटमा पहिलोपटक जुन शव्द टाइप गरेँ त्यो बियर शब्द थियो । जब मैले बियर सर्च गरेँ इन्टरनेटमा अमेरिकी, जर्मन आदि बियरबारे जानकारी पाएँ। तर चीनसँग जोडिएका कुनै नतिजा देखिएनन्। त्यो मेरो लागि निकै निरासाको कुरा थियो।

ज्याकको त्यो हैरानीले आउँदा दिनमा कमाल गर्नेवाला थियो ।

साथीको पैसाले कम्पनी सुरुवात

ज्याकले सन् १९९६ मा चाइना येलो पेजेजको सुरुवात गरे । त्यो बेलासम्म चीनमा सर्वसाधारणको घरसम्म कम्प्युटर पुगेको थिएन । त्यसको तीन वर्षपछि सन् १९९९ मा ज्याक माले आफ्नो अपार्टमेन्टमा आफ्ना १७ जना साथीहरुसँग मिलेर इ कमर्श वेबसाइट अली बाबा सुरु गरे ।

कम्पनी खोल्नका लागि चाहिने ६० हजार डलर रकम उनले दक्षिणी चीनका आफ्ना ८० जना साथीहरुसँग् ऋण खोजेर जुटाएका थिए ।

अलिबाबाले चीन र बाँकी विश्वका निर्यातकर्तालाई विश्वभरका कम्पनीहरुसँग जोड्दछ । अलिबाबाले ताओबाओ डटकम पनि चलाउँछन् । यो चीनको सबैभन्दा ठूलो सपिङ वेबसाइट हो । अलिबाबाले पेमेन्ट वेबसाइटसम्मै आफ्नो पहुँच विस्तार गरेको छ ।

कसरी रह्यो अलिबाबा नाम ?

यसको पनि रोचक कहानी छ । ज्याक मा सनफ्रान्सिस्कोस्थित एक कफी पसलमा बसिरहेका थिए । त्यहाँ एकजना वेट्रेस आउँछिन् । ज्याकले वेट्रेसलाई सोध्छन् – के तिमी अलिबाबालाई चिन्छौ रु जवाफमा ती कर्मचारीले भन्छिन् – खुल जा सिमसिम ।

त्यो सुन्ने बित्तिकै ज्याकले स्वीकृत जनाए । कफी पसलमा भएको यो परीक्षणपश्चात उनले अन्य ३० जना मानिसलाई पनि अलिबाबा चिन्छौ रु भनेर सोधे । जर्मनी, भारत, चीन तथा जापान सबैतिरका मानिसहरु अलिबाबालाई चिन्दा रहेछन् । ज्याक मालाई आफ्नो कम्पनीको नाम प्राप्त भैसकेको थियो । कहानीबाट बाहिर निस्किएर अलीबाबाले एक वेबसाइट कम्पनीको रुप लिइसकेको थियो ।

अलिबाबा नामका बारेमा बताउँदै ज्याक मा भन्छन् : अलीबाबा चोर थिएनन् । उनी दयालु थिए र व्यापार कसरी गर्ने भन्ने जानेका थिए । अलिबाबाले गाउँलेहरुलाई सहयोग गरेका थिए ।

यसैगरी अलिबाबा कम्पनी पनि सबैका लागि खुलेको छ । जहाँ दुनियाँभरका मानिसहरु कारोबार गर्न सक्दछन् ।

ज्याक माका अनुसार उनले अलि मामाको नामबाट पनि कम्पनी दर्ता गरिसकेका छन् । अलिबाबा र अलिमामाका अलावा ज्याक अन्य मोर्चामा पनि डटिरहेका छन् ।

ज्याक माले जब अनलाइन पेमेन्ट साइट अली पे सुरु गरे तब मानिसहरुले भन्थे, तिम्रो यो अहिलेसम्म मूर्खतापूर्ण काम हो ।

यस्ता मानिसहरुलाई ज्याक माको जवाफ हुन्थ्यो : जबसम्म मानिसहरुले यसलाई प्रयोग गरिरहन्छन् मलाई त्यसको परवाह छैन कि यो मूर्खतापूर्ण काम हो वा होइन । अहिले ८० करोड मानिसले अली पे प्रयोग गर्ने गरेका छन् ।

एक्ला कुमारहरु, सपिङमा लडाइँ

भ्यालेन्टाइन्स डे मा प्रेमी जोडीहरुको मिलन भएजस्तै चीनमा एकल दिवस अर्थात् सिंगल डे तडक भडकपूर्ण तरिकाले मनाइन्छ । ११ नोभेम्बरमा एकल दिवस पर्दछ । अर्थात् दोहोरो ११ । यसलाई एन्टी भ्यालेन्टाइन पनि भनिन्छ ।

ज्याक मा ले यो तारेखलाई पैसा कमाउनका लागि प्रयोग गरे । ज्याक मा ले सन् २००९ को नोभेम्बर ११ बाट शपिङ डे को प्रचलन सुरु गरे । उक्त सेलमा ग्राहकहरुलाई भारी छुट प्रदान गरिन्छ । चिनियाँहरु शपिङ डेको प्रतीक्षा गर्छन् अलिबाबामा । हरेक वर्ष कम्पनीले यो दिवसमा कमाईको नयाँ रेकर्ड कायम गर्दछ ।

एएफपीका अनुसार, सन् २०१७ मा एकल दिवसका अवसरमा अलिबाबाले पुनः अर्को रेकर्ड कायम गर्दै झण्डै २५ अर्ब डलरको व्यापार गर्यो ।

अलिबाबाको सम्पतिको राज

इबे वेबसाइटले कम्पनीहरुको लिस्टिङका लागि शुल्क लिने गर्दछ । जबकि अलिबाबाले कुनै शुल्क लिँदैन । वेबसाइटमा आउने विज्ञापनबाटै कम्पनीले कमाई गर्ने गरेको छ । अलिबाबाले ग्राहकहरुलाई कारोबारीसँग जोड्दछ । यसका लागि थोरै कमिसन मात्र लिन्छ । यो पूरै सिस्टम अनलाइन हुन्छ र यसको लागि कुनै भौतिक पूर्वाधारको आवश्यकता पर्दैन ।

विश्वभर फैलिने प्रयास

ज्याक माको प्रयास अलिबाबालाई विश्वभर फैलाउने हो । पछिल्ला दिनहरुमा उनी अलिबाबाको विस्तारको सम्भावना खोज्दै विश्वका विभिन्न देशका नेताहरुसँग् भेटघाट गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिदेखि भारतीय प्रधानमन्त्रीसम्मलाई उनले भेटिसकेका छन् ।

यस्तो छ ज्याक माको जीवन

ज्याकको व्यक्तित्व नियाल्ने हो भने उनी कहिल्यै पनि हार नमान्ने व्यक्तिको रुपमा चिनिन्छन् । वर्ल्ड इकोनोमिक फोरममा ज्याकले आफ्नो जीवनका केही रहस्यहरु खोलेका छन्ः

  • उनले हार्वार्ड विश्वविद्यालयमा १० पटक आवेदन गरे अध्ययनका लागि । तर उनको आवेदन सधैं अस्वीकृत भयो ।
  • जब केएफसी चीनमा प्रवेश गर्यो तब त्यस कम्पनीमा जागिरका लागि २४ जनाले सुरुमा आवेदन गरे । तीमध्ये २३ जना छनोट भए र छनोट नहुने एकजना उनै ज्याक मा मात्र थिए ।

ज्याकको बिजनेस प्लान

ज्याकको बिजनेस प्लान के हो रु उनका अनुसार कुनै व्यवसाय सुरु गर्दाको सबैभन्दा राम्रो प्लान भनेकै कुनै पनि प्लान नै नहुनु हो । अहिले बसेर सोँच्नका लागि कुनै फुर्सद नै हुँदैन । त्यसैले होला ज्याक मा आफ्नो कम्पनीको वार्षिक उत्सव कार्यक्रममा सेतो कपालमा कहिले पप गायकको भेषमा त कहिले पप स्टारको लुकमा देखा पर्दछन् ।

ज्याकको परिवार

पढ्ने बेलादेखि नै साथै रहेकी केथी झांग ज्याककी पत्नी हुन् । उनीहरुका दुईजना सन्तान छन् ।

व्यवसायसँगै ज्याक मा मार्शल आर्ट पनि सिकिरहेका छन् । उनको शर्ट फिल्म GOng shou DAo मा उनको मार्शल आर्ट कला देख्न सकिन्छ ।

कति छ ज्याक मा को सम्पत्ति ?

नेपाल भ्रमणमा आएका चिनियाँ प्रविधि कम्पनीका मालिक ज्याक माको सम्पत्ति २० अर्ब ६० करोड डलर छ। उनी चीनका पाँचौं सर्वाधिक धनी व्यक्ति हुन्।

देशको इन्टरनेट टाइटन्समा लगाम लगाउन बेइजिङको व्यापक अभियानबीच २० वर्षअघि स्थापना गरेको इन्टरनेट साम्राज्यबाट फिर्ता लिने क्रम जारी छ।

चीनको पाँचौं धनी व्यक्ति ई–कमर्स बेहेमोथ अलिबाबाको नेतृत्वबाट राजीनामा गरेपछि तीन वर्षपछि फिनटेक विशाल एन्ट ग्रुप अलिबाबाको नेतृत्वमा छन्। उनी ५८ वर्षका भइसकेका छन्।   

अंग्रेजी विषयका शिक्षक ज्याक माले १९९९ मा अलिबाबा स्थापना गरेका थिए। जुन कम्पनी अहिले विश्वको सबैभन्दा ठूलो ई–कमर्स व्यवसायमध्ये एक हो।

माले २०१९ मा अलिबाबाको कार्यकारी अध्यक्षको पदबाट राजीनामा दिए। विदेशमा लगभग एक वर्ष बिताएपछि मार्च २०२३ मा चीन फर्केका हुन्। चीन छाडेर उनी जापान, थाइल्यान्ड र युरोप यात्रामा निस्किएका थिए।  

प्रतिक्रिया दिनुहोस्