१२ श्रावण २०८१, शनिबार
समाज

काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु

११ असार, काठमाडौं। काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले बताए ।

एसपी रिजालका अनुसार पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका हुन् । दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्