१२ श्रावण २०८१, शनिबार
समाज

कोशीका बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

७ असार, विराटनगर । कोशी प्रदेश सरकारले बाढी र पहिराे पीडितलाई वितरण गर्न सम्बन्धित जिल्लामा राहत सामाग्री पठाएको छ । ताप्लेजुङ, पाँचथर र सखुवासभाका बाढी पीडितलाई वितरण गर्नका लागि प्रदेश सरकारले राहत सामाग्री सम्बन्धित जिल्लामा पठाएको हो ।

बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तलाई प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । ६ जना मृतकका आफन्तलाई वितरण गर्न सम्बन्धित जिल्लामा पठाइएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । ताप्लेजुङका लागि ३ पाँचथरमा तीन जनालाई वितरणका लागि सो रकम पठाएको हो ।

सरकारले बाढी पहिरोमा क्षतिग्रस्त भएका सखुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहातस्वरुप सात लाख ५० हजार रुपैयाँ पनि पठाएको छ ।

पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रति घर ५० हजार र आंशिक क्षति भएका चार वटा घर पुनःनिर्माणका लागि ३० हजारका दरले राहत रकम पठाइएको विष्टले जानकारी दिए ।

संखुवासभाबाट मृतकको विवरण आइनसकेका कारण राहत पठाउन बाँकी रहेको विष्टले बताए । जिल्ला प्रशासन कार्यालयको विवरण अनुसार प्रदेशले राहत पठाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्