१२ श्रावण २०८१, शनिबार
अर्थ

लहानको सडकमै बसेर लघुवित्त पीडितहरुको प्रदर्शन

७ असार, लहान। लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन्। उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन चल्न सकेका छैनन्।

लघुवित्तका कर्मचारीहरुले मानसिक तनावसमेत दिने गरेकाले विरोध प्रदर्शन गरेको प्रदर्शनमा सहभागी मन्दिरा लामाले बताइन्। ‘वृद्धा आमाहरुलाई चाहिँ उनीहरुले ऋण लगानी गर्ने, उहाँहरुले किस्ता तिर्न सक्नु भएन भने तुरुन्तै भैंसी तान्न जाने, घरमा ताला लगाइदिने, कसैकसैले त बालबच्चा भित्रै छन् जबर्जस्ती ढोका तानेर ताला लगाइदिएको छ,’ उनले भनिन्, ‘यस्तो ज्यादती भएको कारणले हामी लघुवित्त संस्थाको ज्यादतीको विरुद्धमा उत्रिएका हौं।’

प्रतिक्रिया दिनुहोस्