१२ श्रावण २०८१, शनिबार
अर्थ

हवाई भाडा घट्यो, कुन गन्तव्यको कति ?

७ असार, काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ ।

प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ।

निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको थियो । निगमले हवाई इन्धनको मूल्य ६.३ प्रतिशतले घटाएको हो।

प्राधिकरणका अनुसार हवाई भाडामा प्रतिसिट प्रतिमिनेट ७९.७९ रुपैयाँका दरले ‘फ्यूल सरचार्ज’ लाग्ने गर्छ । सोही अनुसार काठमाडौंबाट धनगढी उड्दा इन्धन खर्च मात्र ६ हजार ६२५ कायम हुन्छ।

काठमाडौं–धनगढीको उडान अवधि ८३.०९ मिनेट मानिएको छ । नयाँ दर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा ३४०, भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १२५, पोखरामा १६०, नेपालगन्जमा ३२५, भैरहवामा २१० रुपैयाँ भाडा कम लाग्ने छ।

हेर्नुहोस् कहाँको भाडा कति ?

प्रतिक्रिया दिनुहोस्