१९ कार्तिक २०८२, बुधबार
समाचार समाज

भुलाई चौधरीसहित ४ जना थारू रत्न र ७ जना थारू गौरव पुरस्कार

६ असार, काठमाडौं। थारू आयोगले थारू समुदायका लागि योगदान गर्ने ४ जनालाई थारू रत्न पुरस्कारबाट सम्मान गरेको छ। बुधबार थारू आयोगले  विशेष समारोहको आयोजना गरी तक्मासहितको पुरस्कार प्रदान गरेको आयोगका अध्‍यक्ष विष्णु चौधरीले बताए ।

थारू रत्न पुरस्कार पाउनेमा स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका डा. राजन पाण्डे, थारू संस्कृतिविद् एवं अनुसन्धानकर्ता महेश चौधरी, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरीमा रहेको फर्वाड माइक्रो फाइनान्स वित्तीय संस्था रहेका छन्।

डा. पाण्डे भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख हुन्। उनी थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्टसमेत हुन्।

उनी हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन-प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका थिए।

त्यस्तै महेश चौधरीले थारू समुदायका अध्‍येता, कृषि विद् तथा अनुसन्धानमूलक किताबहरू प्रकाशन गरेका छन्। उनको नेपालको तराई तथा यसका भूमिपुत्रहरू, स्थविरहरुको प्राचीन इतिहास, हिडन ट्रेजर अप लो ल्याण्ड नेपाल(भाग-१र२) तथा र संस्कृतिलगायत पुस्तक प्रकाशित छ। उनी २०२८ सालमा प्रकाशित थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’का सम्पादकसमेत रहिसकेका छन्।

त्यस्तै समाजिक अभियन्ता एवं अनुसन्धानकर्ता  भुलाई चौधरी थारू सांस्कृतिक विद्,  थारू कल्याणकारिणीसभाका पुर्व महामन्त्री, थारू भसा साहित्य केन्द्र नेपालका अध्‍यक्ष हुन्। उनको ‘थारू संस्कृति’, हमर थारू भाषा यात्रा, थारू लोक संस्कृतिलगायतका पुस्तक प्रकाशित छन् । उनले थारू भाषा, जीवनको आशा नारा दिएर थारू भाषा, साहित्य र कलालाई समिश्रण गर्दै थारू समुदायमा भाषिक जागरण अभियान चलाउँदै आएका छन् ।  

यस्तै भगवती चौधरी संस्थापक रहेको फर्वाड माइक्रो फाइनान्सले महिलाको उत्थान र आत्मनिर्भर बनाउनका निम्ति योगदान गरेको छ ।सुनसरीमा रहेको  

फर्वाड माइक्रो फाइनान्सले २ सयभन्दा बढी महिलाहरूलाई रोजगारी दिएको छ ।

त्यस्तै थारू गौरव पुरस्कारअन्तर्गत ७ जना सम्मानित भएका छन्। जसअन्तर्गत खेल विधामा जयारानी थारू, साहित्य विधामा बमबहादुर चौधरी, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, पत्रकारिता विधामा डा. कृष्णराज सर्वहारी, पूर्वकमलरी उर्मिला चौधरी, कलाकारमा गीता चौधरी र राज कुश्मी रहेका छन्।

यसअघि थारू आयोगले पुरस्कारका निम्ति कार्यविधि बनाएर नामावली छनौट गरेको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि