६ पुष २०८२, आईतवार
समाज सूचना प्रविधि

ललितपुर महानगरले विद्युतीय सवारी किन्ने करदातालाई ५ प्रतिशत छुट दिने

६ असार, काठमाडौं। ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन किन्ने करदातालाई ५ प्रतिशत छुटको घोषणा गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘विद्युतीय सवारी साधन खरिद गरेको विल पेश गर्ने करदातालाई महानगरपालिकाले लिने करमा ५ प्रतिशत छुट दिइने’ घोषणा गरेका हुन् ।

वायु प्रदुषण नियन्त्रणका लागि निजी तथा सार्वजनिक यातायातका विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने भन्दै मेयर महर्जनले डिजेल र पेट्रोलयुक्त सवारी साधनहरुलाई प्रतिस्थापन गर्दै लैजाने बताए ।

यस्तै ललितपुर महनागरपालिको भवन निर्माणको स्वीकृति दिँदा नै निश्चित मापदण्ड बनाएर ‘एक घर, एक बोट’ को अवधारणा लागु गर्ने घोषणा गरेको छ।

चालिस माइक्रोनभन्दा कमका प्लाष्टिकका झोलाहरुको प्रयोगलाई निरुत्साहित बनाउने घोषणा गर्दै ललितपुरले विकल्पको रुपमा फाइबर÷कागज÷कपडाको झोला उत्पादनको व्यवस्था गर्ने बताए । वातावारण प्रहरी राख्ने घोषणा गरेको महानगरले हरियाली पार्क निर्माणलाई अभियानको रुपमा सञ्चालन गर्ने जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने