८ पुष २०८२, मंगलवार
समाचार

‘समाजवादी मोर्चा बनाउँदैमा काँग्रेस तर्सिदैन, बरू एमालेसँग दूरी बढ्छ’

५ असार, काठमाडौं। पाली काँग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा काँग्रेस नतर्सिने बताएका छन्।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चाबाट काँग्रेस नतर्सिएको बताएका हुन्।

उनले भने, ‘ समाजवादी मोर्चा बनाएपछि सरकार फेरिने, काँग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन।’

उनले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारेका हुन्। उनले एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको बताए।

‘अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले यो गरेका हुन्।’उनले भने ।

उनले समाजवादी मोर्चासँग आशंका गरेर काँग्रेस सरकारबाट नबाहिरिने बताए। उनले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताए।

उनले भने, ‘ हामीले आफ्नो विषय प्रस्ट्याएर जनताका बीचमा जानुपर्छ। प्रष्टता नभएका कुराहरु हाम्रो बीचमा कमजोरी छन्। त्यसको अन्त्य हुनुपर्छ । भाषण कम छ तर वैचारिक वहस पनि कम भएको छ। विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ।’

सांसद पौडेलले पार्टीबाट गरिने निर्णयहरु सभापति र सभापतिका नजिकका केही नेताहरुमात्रै बसेर गर्न नहुने बताए।

उनले भने, ‘ बैठक नियमित ढंगबाट बस्नुपर्छ। जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन। कार्य सम्पादन, केन्द्रिय समितिहरु पनि त्यसमा सहभागी हुनुपर्छ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि