७ पुष २०८२, सोमबार
समाज

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता

४ असार, काठमाडौं। कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच आज वार्ता हुँदैछ। आज बिहान विग होटलमा वार्ता हुन लागेको हो।

वार्ता समिति सदस्य एवम् उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आज बिहान पहिचान पक्षधरसँग औपचारिक वार्ता गर्न लागिएको जानकारी दिए।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए। वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन्।

सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान पक्षधरले पनि वार्ता समिति बनाएको थियो। वार्ता समिति सदस्यमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन्।उनीहरु विभिन्न पार्टी र जातीय संघ संस्थाका प्रतिनिधि हुन्।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेश नं. १ को नाम कोशी राखेपछि पहिचान पक्षधर नाम परिवर्तनको मागसहित आन्दोलनमा छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व