२७ आश्विन २०८२, सोमबार
समाचार

प्युठानमा कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

२९ जेठ, प्‍युठान। प्यूठानमा कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् ।

प्युठानको स्वर्गद्धवारी नगरपालिका–४ भ्यागुते भन्ने स्थानमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा चार जना बालक सहित हुँदा २ जना पुरुष, २ जना महिला र ४ जना बच्चा गरी ८ जना घाइते भएका छन्।

उनीहरुको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी प्युठानका प्रहरी निरिक्षक सुशिल थापा मगरले जानकारी दिए । घाइतेलाइ जिल्ला अस्पताल बिजुवार लगिएको उनले बताए।

प्रहरी निरिक्षक थापा मगरका अनुसार स्वर्गद्धवारीबाट फर्कदै गरेको कार साेमवार दिउँसाे अनियन्त्रित भइ पल्टीदा भएर ५० मिटर तल खसेको छ ।

घटनाबारे थप विवरण आउँन बाँकी रहेको उनले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि