१८ कार्तिक २०८२, मंगलवार
समाचार

यो वर्ष विपद्‌का कारण १२ लाख नागरिक प्रभावित हुने

२९ जेठ, काठमाडौं । यो वर्षको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने बताइएको छ । राष्ट्रिय विपद जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा नोपलभर १२ लाख ५० हजार नागरिक प्रभावित हुने जनाएको हो ।

कोसी प्रदेशमा तीन लाख एक एक हजार १४३, मधेस प्रदेशमा चार लाख तीन हजार १८०, वाग्मतीमा ९६ हजार ८५८, गण्डकी प्रदेशमा ६९ हजार ७४४, लुम्बिनी प्रदेशमा एक लाख ९९ हजार ८६२, कर्णाली प्रदेशमा ३५ हजार ३३३, सुदूरपश्चिम प्रदेशमा ४७ हजार ६० नागरिक मनसुनबाट प्रभावित हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० स्वीकृत गरेको छ ।

स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाहरूको जिम्मेवारीका साथै खोज, उद्दार तथा राहत सामग्रीहको मौज्दातको विवरण समेटिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि