Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

उद्यमी व्यवसायीको मनोवल उकास्नेगरी सुरक्षाको प्रत्याभूति चेम्बरको आग्रह

केही सेकेन्ड अघि
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हो । गृहमन्त्री अर्याललाई बधाई ...

त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति

2 मिनेट अघि
काठमाडौं । सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई भएको छ । बिहीबार सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपालबाटै भएपनि दुईवटा बन्दीहरुको मुद्दाको सुनुवाई गरिएको हो । गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए । सुनुवाईपछि सर्वोच्च अदालतका सहप्रवक्ता एंव उपरजिस्ट्रार निराजन पाण्डेले भदौ २४ गते भएको आगजनी, ताडफोड र लुटपाटका कारण सर्वोच्च अदालतको भौतिक संरचना, आइटीका उपकरणहरु र सवारी साधनहरुमा निकै क्षति भएको भन्दै क्षतिको तथ्यांक निकाल्ने कार्य अझै भइरहेको बताए । यस्तै, उनले भौतिक संरचना नभएको कारण न्यायिक कामलाई रोक्न नमिल्ने भनेर फुल कोर्टबाट बन्दी प्रत्यक्षिकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउने निर्णय भएको भन्दै सोही अनुसार पालबाट भएपनि काम अगाडि बढाएको बताए । उनले भने, ‘क्षति त भइहाल्यो तर न्यायिक कामलाई रोक्न मिल्दैन् । फुल कोर्टबाट एउटा के निर्णय भयो भने बन्दी प्रत्यक्षिकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउनेपर्छ भन्ने छ । त्यो निर्णय अनुसार निवेदन दर्ता गरेर सुनुवाई प्रक्रिया अगाडि बढाएका हौं । पालबाटै भएपनि हामीले काम गरिरहेका छौ ।’ साथै, हालसम्म देशभर सर्वोच्च अदालत लगायत, विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको पनि उनले जानकारी दिएका छन् । उनले भने, ‘अहिले देशभर सर्वोच्च अदालतलगायत विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको छ । क्षति भएको मध्य केही पूर्ण रुपमा क्षतिग्रस्त छ भने केहीमा सामान्य रुपमा क्षति भएको छ । पूर्ण रुपमा क्षति भएका अदालतको मुद्दालाई सबै जलेका छन् भने सामान्य क्षति भएका अदालतहरुका केही फाइलहरु बाँकी नै छन् । यसको तथ्यांक संकलन गर्ने क्रममा छौ ।’    

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको निर्णयसँगै ओझेलमा परेका केही सूचीकृति नेपाली एपहरुले भने चर्चा बटुलिरहेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकृत नभएका संजाल निस्क्रिय भएपनि सूचिकृत भएका केही संजालले भने चर्चा पाउन थालेका हुन् । मन्त्रालयका अनुसार टिकटक, ...
2 हप्ता अघि

नाडाको विशेष साधारण सभा हाललाई स्थगित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आगामी विशेष साधारण सभा हाललाई स्थगित गरिएको छ । बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि विशेष साधारण सभा यही भदौ २४ गते, मङ्गलबारका दिन ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’ ...
2 हप्ता अघि

नेपालमा ड्रोन उद्योगको भविष्य : न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता

काठमाडौं । ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ । नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ । ड्रोन हब ...
3 हप्ता अघि