अर्थ
मुख्य समाचार
विचार
समाचार
समाज
सुदूरपश्चिम
कञ्चनपुर, १९ जेठ : भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउछिन् । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन् । माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन् । उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन् । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन् । “ताजा माछाको माग बढी हुन्छ,” राईले भनिन्, “ग्राहकलाई पु¥याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो रु २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्नु हुन्छ । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन् । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ । माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले बताइन् । उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन,...