२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

महाकाली अस्पतालमा  सिटी स्क्यान सेवा थपियो

दोधारा चाँदनी कञ्चनपुर,२८ भदौः महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ । अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’...
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला

बाजुरा । जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्। ४...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो

बाजुरा । बाजुरामा लगाइएको कफ्र्यु खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार यहि भदौ २५ गते लगाइएको कफ्र्यु क्रमश खुकुलो पारिएको बताए । देशैभरी जेनजीले गरेको आन्दोलन आक्रामक बनेकाले बाजुरामा पनि जेनजीको आन्दोलनले घटना निम्ति सक्ने हुँदा सम्पूर्ण नागरिकलाई घरभित्रै सुरक्षित बस्न आग्रह गर्नेगरि कफ्र्यु आदेश जारी गरिएको थियो । आन्दोलनको घटनापश्चात् उत्पन्न असहज परिस्थितिलाई गरि २५ गते विहान ११ बजेदेखि लगाईएको कफ्र्यु खुकुलो पारि जनजिवन सहज बनाइएको हो । आज बिहान ११ः०० बजेदेखि कफ्र्यु खुकुलो बनाई निषेधाज्ञा भने जारी रहेको प्रजिअ पौडेलले जानकारी दिए । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने प्रशासन बाजुराले जनाएको छ। अत्यावश्यक काम बाहेक बाहिर हिड्डुल नगर्न भनिएको छ । निशेधाज्ञाका क्रममाः अत्यावश्यक सेवा एम्बुलेन्स, सववाहन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारीसाधन ,खाद्यान्न,औंषधी ओसारपसार गर्ने साधन सञ्चालन गर्न सकिनेछ । अत्यावश्यक काम बाहेक आवतजावत गर्न छुट्टाईएको समयमा सामाग्री किनमेल,एवम् धार्मिक ,संस्कृति परम्परागत अबलम्बनका लागी हिड्डुल गर्नका लागि मात्र भएको उक्त समयमा धर्ना,जुलुस,प्रर्दशन,लगायत गतिविधि,गर्न पुर्ण रुपमा निषेध गरिएको प्रजिअ गणेश प्रशाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ । कफ्र्यु जारी गरिए पश्चात् मार्तडी सहितका बजारमा दैनिक उपभोग्य सामाग्रीको मुल्यमा बृद्धि भएको हो । कफ्र्यु जारी पश्चात् दुई दिनमै सदरमुकाम मार्तडीलगायत अन्य जिल्लाका व्यापारिक केन्द्रमा दैनिक उपभोग्य बस्तुको मुल्यमा बृद्धि भएको पाइएको हो । कफ्र्युका कारण  सदरमुकाम मार्तडी सहितका बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको स्थानीय गणेशराज तिमिल्सेनाले बताए ।  
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी

दोधारा चाँदनी कञ्चनपुर, २७ भदौः जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन्...
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

दोधारा चाँदनी कञ्चनपुर,२६ भदौः छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को...
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

देउवा दम्पत्ति आक्रमणको निन्दा : बिरासतबाट नभइ झुपडीबाट उठेको नेताका...

धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा.आरजु देउवामाथि भदौ २४ गते (मंगलबार) जेन–जी आन्दोलनका...
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

निजामती दिवसमा मार्तडी बजारको फोहर संकलन गरियो

बाजुरा ।  बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो । २२ औं निजामती सेवा दिवस ‘व्यवसायिक र सिर्जनशिल प्रशासन,विकास,समृद्धि र शुसासन’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रमसंगै मार्तडी बजारको फोहर संकलन गरेर कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए । उनका अनुसार, निजामती सेवा दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमसंगै मार्तडीमा बजारको फोहर संकलन, अस्पताल बाजुरामा उपचाररत रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाइएको बताएका छन् । साथै कार्यक्रममा उपस्थिति सम्पुर्ण निजामती कर्मचारीलगायत पत्रकारहरुको स्वास्थ्य परीक्षण समेत गरेर दिवस मनाइएको सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलले बताए। अस्पताल बाजुरामा उपचाररत रहेका करिब २७ जना बिरामीहरुलाई दिवसको अवसरमा फलफूल वितरण समेत गरिएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले निजामती सेवाको मूल्य–मान्यता, नैतिकता, सदाचारिता, र निष्ठाजस्ता गुणको पालना गरी नागरिकको सेवामा प्रतिबद्धता हुन आग्रह गरेका हुन्। २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाईदै आएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा दिवस मनाईने गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावत,...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

निमित्तको भरमा चलिरहेका बाजुराका स्थानीय तहमा प्रशासकीय अधिकृतको दरवन्दी

बाजुरा । निमित्त भरमा चलिरहेका बाजुराका स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।बुढीगंगा नगरपालिका बाहेक जिल्लाका अन्य ८ स्थानीय तह...
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

एनपीएलका लागि सुदूरपश्चिमले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी

काठमाडौं ।  सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई सिद्धार्थ बैंक...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुराको बडिमालिकामा (एडिबी) को सहयोगमा पदमार्ग निमार्ण गरिने

बाजुरा । बाजुराको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र बडीमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गरिने भएको छ ।...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निमार्ण गरिँदै

दोधारा चाँदनी कञ्चनपुर, १९ भदौः सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा एसियाली विकास बैंक ९एडिबी०को सहयोगमा पदमार्ग निमार्ण गर्न लागेको...