५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाघको संख्या बढ्दो छ तर व्यवस्थापनमा बजेट अभाव छ’

कन्चनपुर । नेपालमा बाघको संख्या तोब्बर बनाउने लक्ष्य राखेपनि तेब्बरको हाराहारीमा पुगेको राष्ट्रिय निकुन्जका अधिकारीहरुले बताएका छन् । २०१० मा संख्या वृद्धि गर्ने भन्दै बाघको संख्या २०२२ सम्म दोब्बर बनाउने भनेर लाग्दा तेब्बरको हाराहारीमा पुगिसकेको शुक्लाफाँटा राष्ट्रिय निकुन्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । उनले बाघको संख्या वृद्धि गर्न व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।  संख्या बृद्धि हुँदै गएपछि व्यवस्थापनमा चुनौति देखिन थाल्छ । बासस्थान, घाँसे मैदानको व्यवस्थापन र आहारजन्य बस्तुहरुको कुरामा विशेष ध्यान दिनुपर्ने छ ।’ त्यस्तै उनले व्यवस्थापनमा रकम न्यून हुँदा पर्याप्त काम गर्न नसकेको बताउँदै घाँसे मैदान व्यवस्थापन गर्न नसकेको जिकिर गरे । मानव र वन्यजन्तु सहअस्तित्व कायम गर्नको लागि मध्यवर्ती क्षेत्रमा विभिन्न कार्यक्रमहरु भएपनि स्रोतको अभाव भएको उनले बताए । ‘सरकारबाट आउने स्रोत न्यून छ । हजारौँ हेक्टरको घाँसे मैदान भएपनि यस बर्ष जम्मा सातलाख रुपैयाँ मात्र बजेट छ । मध्यवर्ती क्षेत्रमा कार्यक्रम गर्नपनि बजेटकै अभाव छ,’ वाग्लेले भने ।  
बागमती मुख्‍य समाचार समाचार

सिजी ब्रुअरीको सञ्चालन आम्दानी १ अर्ब ८८ करोडले घट्यो

काठमाडौं । चौधरी समूह अन्र्तगतको सिजी ब्रुअरी नेपाल लिमिटेडको सञ्चालन आम्दानी वर्षदिनमै १ अर्ब ८८ करोड रुपैयाँले घटेको छ ।...
कर्णाली मुख्‍य समाचार समाज

खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

मुगु । खाद्य व्यवस्था तथा व्यापार कमपनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

विश्व बाघ दिवसको छायाँमा गाउँलेका आँशु : सहअस्तित्वको कथामा पीडादायी...

कन्चनपुर । आज जुलाई २९, विश्व बाघ दिवस । ‘सहअस्तित्व र आयआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिवर्तन’ भन्ने नारा...
बागमती मुख्‍य समाचार विशेष समाचार

खानेपानी मन्त्री खड्का विपक्षमा खुले, अब दुई मत निर्णायक

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दल बैठकलाई लिएर सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । बहालवाला खानेपानी मन्त्री...
बागमती मुख्‍य समाचार समाज

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको...

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास...
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

बेलायतमा पशुपतिनाथ मन्दिर : साउनमा भक्तजनको अझ विशेष चहलपहल

लन्डन । पछिल्लो समय विदेशमा बसोबास गरिरहेका नेपालीहरू आफू बसोबास गरिरहेका देशमै मन्दिर स्थापना गरी धार्मिक गतिविधिमा अग्रसर हुँदै गएका...
बागमती मुख्‍य समाचार समाचार समाज

सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना पोखरामा सुरक्षित अवस्थामा...

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित भेटिएका छन् । जिल्ला प्रहरी...
बागमती मुख्‍य समाचार राजनीति

संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै छ । मंगलबार प्रतिनिभि सभा अन्तरगत तीन र राष्ट्रिय सभा...