१० बैशाख २०८३, बिहीबार
मधेश मुख्‍य समाचार विशेष समाचार

रौतहटमा प्रहरी र नगरपालिकाको गाडीमा आगजनी, पूर्व–पश्चिम राजमार्ग प्रभावित

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकासहित प्रहरीको गाडीमा आगजनी भएको छ  । सो क्रममा प्रहरीले दर्जनौं राउन्ड फायर गरेको छ  ।...
बागमती मुख्‍य समाचार विशेष समाचार

कांग्रेसको पार्टी कार्यालयमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालयमा जेनजी पुस्ताका आन्दोलनकारीहरुले आगजनी गरेका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

GEN-Z का नवयुवाहरूसंग हार्दिक अपिल

प्रिय नवयुवा साथीहरू, अन्तर्हृदयैदेखि तपाईंहरू सबैमा विनम्र नमन! भदौ २३ को ऐतिहासिक जनप्रतिरोधको क्रममा नवफासिवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्नुहुने...
बागमती मुख्‍य समाचार समाचार

संचारमन्त्री गुरुङ निवासमा आगजानी

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । मंगलबार ललितपुरको सुनाकोठीस्थित...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रधानमन्त्री राजीनामा र कांग्रेस सरकार छाड्न गगनको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट यस्तो माग गर्दै कांग्रेसमा निर्णय गराउन लागिपर्ने बताएका हुन् । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने र पार्टीको बैठकबाट यो निर्णय गराउने उनले जनाएका छन् । ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’ थापाले सामाजिक संजालमा लेखेका छन् ।  
मधेश मुख्‍य समाचार विशेष समाचार

जनकपुरमा जेन–जी आन्दोलन चर्कियो

जनकपुर । सरकारविरुद्धको जेन–जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् । मगंलबार विहानैदेखि भेला भएर उनीहरूले जनकपुर बजारमा प्रदर्शन गरिरहेका हुन् । जनकपुपर बजारसँगै जनकपुरको अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।      
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य क्षेत्रमा कफ्र्यु

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य क्षेत्रमा कफ्र्यु लागेको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको  हो  । काठमाडौंप्रशासन कार्यालयले काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम साढे ८ बजे देखि अनिश्चिकालीन कफ्र्यु आदेश जारी गरेका हुन् । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र काठमाडौं महानगरपालिकाको वालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भाग तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक,...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मन लागेन भन्दै कृषिमन्त्रीले...

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताले सोमबार गरेका प्रदर्शनमा भएको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

युवा आवाज दबाउन खोज्नु राष्ट्रकै भविष्यमा प्रहार हो : एसओएनपी...

लन्डन । सोमबार जेन–जी युवाहरुको प्रदर्शनका क्रममा निर्दोष युवाहरुको हत्या, मानवअधिकार हनन र नागरिक स्वतन्त्रतामाथि भएको प्रहारप्रति सोसाइटी अफ नेप्लिज...
बागमती मुख्‍य समाचार समाचार

हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसद भवन बाहिर आजपनि आक्रोशित युवाहरु

काठमाडौं । जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् । मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज(मंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज...