१० फाल्गुन २०८२, आईतवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अफगानिस्तान भुकम्पः पाँचसय भन्दा धेरैको मृत्यु, एकहजार व्यक्ति घाइते

काठमाडौं । सोमबार बिहान अफगानिस्तानमा गएको ६ रेक्टर स्केलको भूकम्पका कारण पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा...
बागमती मुख्‍य समाचार समाचार

नेसनल प्याब्सनले सार्वजनिक गर्यो विधेयकमा समेट्नुपर्ने विषय

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले नीजि लगानीमा सञ्चालन रहेका विद्यालयहरूका सन्दर्भमा विद्यालय शिक्षा...
बागमती मुख्‍य समाचार विशेष समाचार

भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्त्री रुष्ट

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक्न नेपाल सरकार सजग रहेको...
बागमती मुख्‍य समाचार समाचार

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयकमाथि छलफल, ऐन संशोधन हुने

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा छलफल भएको छ । सोमबार समितिमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल भएको हो । सोही क्रममा नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा.मनोज कुमार शाहीले ०५६ सालदेखि नै ऐन संशोधनको प्रक्रिया अगाडि बढाए पनि ऐन संशोधन हुन नसकेको भन्दै अहिले विज्ञ, विशेषज्ञ सबैलाई बोलाएर प्रदेश, केन्द्रीय र स्थानीय तहमा विभिन्न गोष्ठी र सूचनाहरु निकालेर ऐन संशोधन हुन लागेको बताएका छन् । उनले भने, ‘हामीले २५ वर्षको समयमा ५५ सालमा ऐन आउँदा, ५६ सालदेखि नै ऐन संशोधनको प्रक्रिया अगाडि बढाएका थियौं तर अहिलेसम्म त्यो ऐन संशोधन हुन सकेको थिएन् । अहिले भने प्रतिनिधि सभामा विचाराधिन छ, धेरै छलफल गरेका छौ । विज्ञ, विशेषज्ञ सबैलाई बोलाएर प्रदेश, केन्द्रीय  र स्थानिय तहमा विभिन्न गोष्ठी र सूचनाहरु निकालेर नै यो ऐन संशोधन हुदैँछ ।’ साथै, उनले अहिले पशु चिकित्साको क्षेत्र व्यवसायीकरण भइरहेको बेलामा हरेक स्थानीय तहमा पशु चिकित्सकको दरबन्दी सरकारले सिर्जना गरेको र यो क्षेत्रमा अहिले निजी क्षेत्रको पनि सहभागिता बढि रहेको बताए । उनले भने, ‘अहिले पशु चिकित्साको क्षेत्रमा अथवा पशुपन्छीको क्षेत्रमा यति धेरै व्यवसायीकरण भयो कि हरेक किसानले विशेषज्ञ सेवा खोजीरहेका छन् । विज्ञ सेवा धेरै माग भइरहेको छ । हरेक स्थानीय तहमा पशु चिकित्सकको दरबन्दी नेपाल सरकारले सिर्जना गरेको छ र यो क्षेत्रमा अहिले निजी क्षेत्रको पनि सहभागिता बढि रहेको छ ।’ उनले शैक्षिक संस्था नियमनको कुरामा परिषद्ले पशु चिकित्सक पढ्ने शैक्षिक संस्थाको मात्र नियमन गर्ने भन्दै पशु चिकित्सकले गर्ने पशु पालन र पशु विज्ञानका कामहरु पनि यही परिषद्ले नियमन गर्ने व्यवस्था यो विधेयकमा प्रस्ताव गरिएको बताए । पशु स्वास्थ्यको प्रमाणिकरण गर्ने मासु,...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन्...
बागमती मनोरन्जन मुख्‍य समाचार

देवभूमि मानव सेवा समाजले सुरु गर्यो धार्मिक महोत्सव

काठमाडौं । देवभूमि मानव सेवा समाजले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान...
बागमती मुख्‍य समाचार समाचार

चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्ने, नेता र विज्ञहरुले...

काठमाडौं । चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना...
बागमती मुख्‍य समाचार राजनीति

पार्टीप्रतिको आस्था र विश्वासबिना कामहरू जीवन्त र प्रभावकारी हुन सक्दैनन्’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र आन्दोलनप्रतिको गहिरो विश्वासबिनाका कार्यहरू जीवन्त र प्रभावकारी बन्न नसक्ने धारणा व्यक्त...
बागमती मुख्‍य समाचार समाचार

चीनको विजय दिवस परेड बहिष्कार गर्ने जापानको प्रयासको तिव्र आलोचना

काठमाडौं । द्वितीय विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवको अवसरमा चीन सरकारले विजय दिवस परेडको आयोजना गरेको छ । जापानले...
बागमती मुख्‍य समाचार समाचार

शान्ति र इतिहासप्रतिको सम्मानमा चीनले विजय दिवस परेड आयोजना गर्दै

काठमाडौं । चीनले यस वर्ष जापानी आक्रमणविरुद्धको जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजयको ८० औं वार्षिकोत्सवको अवसरमा विशेष सैन्य परेड...
बागमती मुख्‍य समाचार समाचार

गोपिकृष्ण आवास आयोजना क्षेत्रमा अतिक्रमित जग्गा फिर्ता गर्न माग 

काठमाडै । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्ष विमल होडाले पन्चवर्षीय कार्ययोजना अन्तर्गत वातावरण, सम्पदा, स्वस्थ्य, शिक्षालगायत अरु विकास निर्माणका कामहरु गरिरहेको बताएका छन् । आइतबार काठमाडौंको गोपिकृष्ण आवास आयोजनाको खुल्ला क्षेत्रमा निर्मित शिव पन्चायन मन्दिर भजन मण्डल हरियाली उद्यान उद्घाटन समारोहमा बोल्दै उनले शिव पञ्चायन मन्दिर बन्नु भन्दा अघि यस क्षेत्रमा चोरी, आतंक हुने, नकरात्मक गतिविधी हुने गरेको र अहिले सुरक्षा बढेको  बताए । उनले भने ‘शिव पन्चायन मन्दिर बन्नुभन्दा अघि यो ठाँउ चोरी र आतंकका गतिविधि हुन्थे । नकरात्मक गतिविधी हुने गरेको थियो । अहिले सुरक्षा बढेको छ । मन्दिरमा अहिले भजन किर्तन र पूजापाठ सबै बढ्ेको छ ।’ नेपाली कांगे्रस ७ नम्बर वडामा निर्वाचित भएपछि यो क्षेत्रलाई आवास योजना ल्याएर  व्यवस्थित गरेकोमा पाँच प्रतिशत जग्गा काटिएको उनले बताए । उनले व्यवस्थित गरेको ५ प्रतिशत जग्गामा खुल्ला क्षेत्र कायम हुनुपर्ने पनि बताए । उद्यान उद्घाटन गर्न पुगेका सांसद गगन थापालाई उक्त क्षेत्रको जग्गा अतिक्रमण भएको गुनासो गर्दै चाँडो फिर्ता गर्ने वातावरण बनाउन माग समेत गरे । ‘पन्चवर्षीय कार्ययोजनामा रहेको वातावरण, सम्पदा, स्वस्थ्य शिक्षालगायत अरु विकास निमार्णका कामहरु गरिरहेका छौँ  । कांगे्रस वडामा निर्वाचित भएपछि यस क्षेत्रलाई आवास योजना ल्याएर व्यवस्थित गरेका थियौँ । पाँच प्रतिशत जग्गा काटिएको थियो र खुल्ला क्षेत्र कायम हुनुपर्ने थियो । खुल्ला क्षेत्र मिसिंदै ६ रोपनी न्यूनतम हुनुपर्नेमा तीन रोपनी पनि छैन । सांसदबाट पनि जग्गा फिर्ता होस् भन्ने माग गरेका छौँ’ उनले भने  ।  
बागमती मुख्‍य समाचार विशेष समाचार

शिक्षक महांसघको चेतावनी ः दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ 

काठमाडौं । नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ  । सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो । उनीहरुले भदौ ११ देखि निरन्तर रुपमा राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्टे धर्ना दिइरहेका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन् । उनले उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनका लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न दबाब दिन आन्दोलनका कार्यक्रम जारी राखेको जानकारी दिए । उनले पहिलो चरणको कार्र्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम अवरोधात्मक र कडा खालको हुने दाबी गरे । ‘कार्यक्रम २० गते सम्म जारी रहन्छ । त्यसपछि दोस्रो चरणका कार्यक्रमहरु सार्वजनिक गर्नेछौं । दोस्रो चरणका कार्यक्रमहरु अलि अवरोधात्मक र कडा खालका हुन्छन् । हाल धर्ना गर्नुको कारण समितिबाट शिक्षा विधेयकमा प्रतिनिधि सभामा दर्ता हुँदै गर्दाखेर केही विषयहरु सम्बोधन भए तर महत्वपूर्ण विषयहरु छुटेका छन् । केही महत्वपूर्ण विषयहरु उल्टो दिशामा गएको छ । उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनको लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा काम हुन बाँकी छ  । दुवै सभामा छुटेका विषयलाई समवेशी गराएर अग्रगामी ऐन जारी गराउन धर्ना आयोजना गरिएको हो,’उनले भने  । आन्दोलनकै अगुवा नानु मैया पराजुलीले यसअघि २९ दिनको आन्दोलनमा शिक्षा विधेयकमाथि छलफल अगाडि बढेको भएपनि उपसमितिमा बुझाएको प्रतिवेदनप्रति सन्तुष्ट हुन नसकेकाले पहिलो चरणको कार्यक्रम गर्नुपरेको बताइन् ।