७ फाल्गुन २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी विद्रोह वर्षौंदेखि चलेको कुशासनको परिणाम होः गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले भदौ २३ र २४ गतेको घटना बर्षौदेखि चलि आएको कुशासनको नतिजा भएको बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलको आयोजनामा भएको राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२ मा जेनजी विद्रोहको जरो विषयक बहसमा उनले कुशासन र सत्तामा बस्ने सिन्डिकेटले बनिरहेको एउटा बारुदलाई नेपो बेबी र सामाजिक सञ्जाल बन्दले झिल्को दिने काम गरेको भन्दै यो विद्रोह वर्षौदेखि भएको कुशासनको नतिजा भएको बताए । उनले भने, ‘यो सबै घटना कुशासनले भएको हो । यदि सुशासन हुने हो भने यो केही पनि हुने थिएन् । त्यसकारण यो घटनाको पछाडी को छ भनेर खोजि रहनु भन्दा पनि जसले राज्य चलाई रहेका थिए, जसले सत्तामा बस्नको लागि सिन्डकेट चलाई रहेका थिए त्यो कारणले आएको हो । बारुद आफैले बनाएर बोकेर हिन्ने हो भने झिल्को त कता कताबाट आइ नै हाल्छ । अहिले नेपो बेबी, सामाजिक सञ्जाल बन्दको कुरा झिल्कोको रुपमा देखिएको मात्र हो, यदि यो नभएको भए कुनै दिन अरु कुनै झिल्को देखिन्थ्यो ।’ यस्तै, उनले जेनजी विद्रोहभन्दा सानो विद्रोह सरकारले नसुन्ने अवस्था आएको भन्दै भदौ २३ गतेको घटनापछि पनि सरकार अरुलाई दोष लगाएर आफू पन्छिननै व्यस्त रहेको बताए । उनले भने, ‘जुन जेनजी विद्रोह भयो त्यो भन्दा सानो विद्रोह त सरकारले सुन्दा पनि सुन्दैँन् थियो होला, भदौ २३ गते त्यती धेरै मान्छे ढालेर पनि त्यही सरकार होईन बेल्का हामीबाट केही गल्ती नै भएको छैन् भन्दै अरु माथि गल्ती थोपर्ने । त्यही भएर को हो के हो भनेर जानु भन्दा पनि हामीले जुन सुशासनको संयन्त्रहरु कमजोर बनाउदैँ गयौं, जुन कुराले लोकतन्त्रलाई बलियो बनाउथ्यो त्यसलाई पाखा लगाउदैँ गयौं ।’ लाभहानीको बारे नसोचि सबै विचार मिल्ने पार्टीहरु एकै ठाँउमा जान मिल्ने भन्दै तर पार्टी एकता गर्दा को तल बस्ने को माथि बस्ने भन्ने होईन की मिलेर कसरी अगाडि बढ्ने भन्ने कुरा मुख्य हुनुपर्ने पनि उनको भनाई छ  । उनले भने, ‘विचार मिल्नेहरु सबै एक ठाँउमा आउ, हामी सबैको विचार एउटै छ भने पदका कारण, केही व्यक्तिगत लाभहानी कसको फोटोमा कसको अनुहार देखिन्छ भन्ने कुराले हामी पछाडी नपरौं एकै ठाँउमा आउ भन्ने कुरा हो । कुन मुद्धामा विचार मिल्छ भन्ने कुरा पनि हो । त्यो भन्नाले संघीयता, गणतन्त्र र लोकतन्त्र मान्ने सबै पार्टीको सोच हो तर त्यो भन्दैमा फेरि एउटै देश एउटै भेष भनेको जस्तो पनि होईन् । सबै एउटा पार्टी बन्ने भन्ने हुदैँन् । पार्टी मिसिने कुरामा को तल बस्ने को माथि बस्ने भन्ने होईन की मिलेर कसरी अगाडि बढ्ने भन्ने हो ।’ साथै,...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक : पूर्वप्रधान...

काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् । बुधबार ललितपुरमा राष्ट्रय...
मुख्‍य समाचार लुम्बिनी समाज

ऋषिकेश धार्मिक पर्यटकीय गन्तव्य बन्दै

तानसेन पाल्पा, १८ कात्तिकः यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा...
बागमती मुख्‍य समाचार समाचार

नेपाल प्रहरीका पाँच जनाको प्रहरी नायब महानिरीक्षकमा पदोन्नति

काठमाडौँ, १८ कात्तिकः सङ्घीय सरकारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना प्रहरी नायब...
बागमती मुख्‍य समाचार राजनीति समाचार

जेन–जी आन्दोलनका ४५ जना मृतकलाई सहिद घोषणा, सुची सहित

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने...
बागमती मुख्‍य समाचार समाचार

उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन नियन्त्रणमा

काठमाडौँ, १८ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ...
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरामा खेत जोत्न हाते ट्याक्टर, प्रविधिमैत्री बन्दै कृषक

बाजुरा । पछिल्लो समय बाजुरामा खेत जोत्न हाते ट्याक्टरको प्रयोग गरिदैँ आएको छ । यहाँका ९ वटै स्थानीय तहका अधिकांस...
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ...
बागमती मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे नेपाल...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले लैङ्गिक हिंसामा परेका व्यक्तिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि वडा महिला सञ्जालबाट तत्काल...
खेलकुद बागमती मुख्‍य समाचार

मिस्टिक माउन्टेन टेनिस आजदेखि हुँदै  

काठमाडौं । होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता आजबाट हुँदै छ । सोमबार सबै तयारी...
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर...