६ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग

काठमाडौँ, २५ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेका छन्...
बागमती मुख्‍य समाचार राजनीति समाचार स्वास्थ्य

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड

पाटन ललितपुर, २५ कातिकः स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम र बजेट तर्जुमामा हुने दोहोरोपना...
बागमती मुख्‍य समाचार राजनीति समाचार

सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं  । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेस प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । सरकारले सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरी कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको हो ।    
बागमती मुख्‍य समाचार समाचार

अमेरिकाले बालेन र सुदन जस्ता पात्र जन्मायो ः चौलागाईं

रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपालमा अस्थिरता मच्चाउन चाहने शक्तिले भदौ २३ र २४ को घटना गराएको बताएका छन्  । नेकपा एमाले रामेछाप सुनापति गाउँपालिका कमिटीले मङ्गलवार साँदीडाँडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै चौलागाईँले नेपालमा स्थिरता हुन नदिने शक्तिले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता र स्थायित्व दिन लागेपछि त्यसलाई भाँड्न सो घटना गराएको बताए । ‘केपी ओलीको विकास प्रतिको प्रतिबद्धता र राष्ट्रियता प्रतिको समर्पण नै भदौ २३–२४ को घटनाको कारण हो, बाह्य शक्तिले यहाँका राष्ट्रवादीलाई गरिरहेका छन्, प्रहारको निशाना अहिले केपी ओली र एमाले बनेको छ’, उनले भने । चौलागाईँले अमेरिकन एम्बेसीले नेपालमा बालेन साह, सुदन गुरुङ जस्ता पात्र जन्माएको बताए  । तिनै पात्रहरूलाई प्रयोग गरेर देश जलाउने काम गरिएको उहाँको धारणा छ । नेपाल कसैले धम्क्याएर धम्किँदैन भनेर शिर उठाएर कुरा गर्ने नेता केपी ओली भएका कारण उहाँ माथि यो आक्रमण भएको चौलागाईँको भनाई छ । यत्तिको आँट नेपालका राजा महाराजाहरूले समेत कहिल्यै पनि नराखेको चौलागाईँको दाबी छ । नेपालको सेना, प्रहरीलाई समेत निष्क्रिय बनाएर भदौ २३ र २४ को घटना गराइएको उनले बताए । जेनजीको सामान्य माग भित्र बारबरा फाउण्डेसन तथा तिब्बतीयन ब्लडग्रुप समेत घुसेर आन्दोलन कब्जा गरेको उनले सुनाए । ब्यारिकेट समेत नराखेर प्रहरीका उच्च अधिकारी समेत सो हिंस्रक जत्थासँग मिलेका उहाँले दाबी गरे । ‘अबोध बालबालिकाको काँधमा बन्दुक राखेर गोली पड्काइयो, बाह्य शक्तिको आडमा यो सबै षडयन्त्र भयो’, उनले भने । अहिलेको सबै घटनाक्रम जेनजीका कारण नभएको उनको दावी थियो । अहिले जो सरकारमा पुगे विदेशीको डिजाइन अनुसार उनीहरूकै योजनामा सो घटना भएको चौलागाईँको भनाइ छ । एमालेकै केही नेताहरू विदेशीसँग मिलेर केपी ओलीले पार्टी अध्यक्ष छाड्नुपर्छ भन्दै हिँडेका चौलागाईँले बताए । बाह्य षडयन्त्रबाट सो घटना भएको पर्दा खुल्दै गएपछि अहिले पार्टी बाहिरकाले समेत ओली ठिक रहेछन् भनेर भन्न लागेका उनले सुनाए । उनले पार्टीको आउने महाधिवेशनबाट ओली नै पार्टी अध्यक्ष हुनेपनि बताए  ।  
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी...
बागमती मुख्‍य समाचार समाचार

नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित

काठमाडौं । नेपालका क्रियाशील चलचित्र छायाँकारहरूको भेलाले पेशागत संगठन ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गर्ने निर्णय गरेको छ । वरिष्ठ छायाँकार...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हामी निर्वाचनमा जान तयार छौं तर सरकार तयार छैन् :...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा...
कर्णाली मुख्‍य समाचार समाचार

प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल सुरु

कर्णाली, २५ कात्तिकः प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन सुर्खेत वीरेन्द्रनगरमा आजदेखि ‘प्रदेश तथा स्थानीय तहबीच...
खेलकुद बागमती मुख्‍य समाचार समाचार

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ, २५ कात्तिकः नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर...
कोशी मुख्‍य समाचार समाचार

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ, २५ कात्तिकः कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् ।...
कोशी मुख्‍य समाचार समाचार

पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर, २५ कात्तिकः कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन...
बागमती मुख्‍य समाचार समाचार

संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’

हेटौंडा । नेकपा एमाले हेटौंडा नगर कमिटीले हेटौडामा प्रदर्शन गरेको छ ।  संविधानको रक्षा, प्रतिनिधि सभा पुनःस्थापना र प्रतिगामी कदमविरुद्धको नारासहित ‘जनयात्रा’ सञ्चालन गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका आदेश राप्रपा, रास्वपा र माओवादीका कार्यकर्ताले दिएको आरोप लगाए । उनले भने, ‘जेनजी आन्दोलनको माग पूरा गर्न अहिलेको सरकारले सक्दैन । नेकपा (एमाले)को बहुमत सरकार आए मात्रै ति माग पूरा हुन सक्छन् ।’ त्यस्तै, एमाले नेता रामेश्वर रानाले हेटौंडामा भएको शक्ति प्रदर्शन केवल स्थानीय स्तरको नभई देशव्यापी सन्देशसहित गरिएको बताए । कार्यक्रममा सुनी लोप्चनले एमाले मकवानपुरका करिब दुई सय कार्यकर्ता मात्र सहभागीता रहेको बताए । स्थानीय नेताहरूले भने हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका कमिटीहरूको उपस्थिति रहेको बताएका छन् । जनप्रदर्शनमा सहभागीहरूले हातमा राष्ट्रिय झण्डा र पार्टीको ब्यानर बोकेर ‘संविधानको रक्षा गर’, ‘प्रतिनिधि सभा पुनःस्थापना गर’ लगायतका नारा लगाएका थिए । ‘जनयात्रा’ पार्टी कार्यालय पुष्पलाल चोकबाट सुरु हुँदै ओम भवन र बुद्धचोकमा गएर कोणसभामा परिवर्तन भएको थियो ।