२६ आश्विन २०८२, आईतवार
कोशी मुख्‍य समाचार समाचार

पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा पशुको उपचार गरिएको छ । खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको एक विरामी गाईलाई काउ लिफ्टिङ मेसिनको प्रयोगद्वारा उपचार गरिरहेको पशु सेवा प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पाँचथरमा पहिलो पटक उक्त मेसिनको प्रयोगद्वारा गाईको उपचार गरिएको पनि जानकारी दिएका हुन् । उनका अनुसार एक महिनादेखि अशक्त अवस्थामा रहेको उक्त गाईलाई काउ लिफ्टको झोलामा राखेर उपचार भइरहेको छ  । खुट्टा टेक्न नसक्दासम्म यसरी नै झोलामा राखेर उपचार गरिने उनी बताउँछन् । उनले भने,‘काउ लिफ्टिङ झोलामा मेसिन पनि हुन्छ । यो गाई विरामी भएपछि काउ लिफ्टको झोलामा राखेर उपचार गरेको एक महिना भइसक्यो । पहिला धेरै कमजोरी भएका कारण राम्रोसँग खुट्टा टेक्न सक्दैनथ्यो । यसरी झोलामा राखेर उपचार गरेको यो पहिलो पटक हो । उठ्न नसकेको गाईभैंसी, घोडा जस्ता जनावरहरुलाई काउ लिफ्टको सहायताले झोलामा राखेर उपचार गरिराखेको छौं । जबसम्म यसले खुट्टा टेक्न सक्दैन् तबसम्म झोलामै राख्छौं ।’ त्यस्तै उनले भुईमा हुँदा धेरै गुम्सने, घाऊहरु हुनसक्ने र पाक्ने भएकाले यसरी झोलामा राखेर उपचार गर्दा हावाको सर्कुलेसन राम्रो हुनकासाथै विभिन्न संक्रमणबाट समेत बचाउन सकिने धारणा राखे । झोलामा झुण्डिएकै अवस्थामा पनि जनावरलाई कुनै किसिमको कठिनाई नभई यताउता सर्न, घाँस खान र बस्न सहज हुने उनले बताए । ‘यसरी राख्दा झोला सारेर नै यता उता गर्नसक्ने, घाँस, खोले खाने पनि गर्दछ । यो गाईको दिनप्रति दिन स्वास्थ्य अवस्थापनि सुधार हुँदै गएको छ । बस्न चाह्यो भने झोलामा नै बस्न सक्छ’उनले भने । उक्त गाउँपालिकामा      
कोशी मुख्‍य समाचार समाचार

पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

धरान सुनसरी, २३ साउन ः तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पु¥याएको...
अर्थ कोशी मुख्‍य समाचार समाचार

‘शान्ति सुरक्षासहित राजस्व सङ्कलनमा उल्लेखनीय सफलता’

विराटनगर, २२ साउन ः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८१÷८२ मा नौ हजार चार सय ६१ वटा...
कोशी मुख्‍य समाचार समाचार

व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

भोजपुर, २२ साउन ःयहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरीरहेका छन् । उनले २५ रोपनी क्षेत्रमा...
कोशी समाचार

मोरङका दुई स्थानमा दुई पुरुषको शव फेला, अनुसन्धान जारी

विराटनगर । मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ...
कोशी समाचार

पाँचदिनदेखि हराएकादाजु–बहिनीखोलामामृत भेटिए

विराटनगर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि हराएकानौंवर्षीय शिशिर राई रउनकी ६ वर्षीया बहिनीनानुमा राईको शवमंगलबार बिहानविरुवाखोलामामृत अवस्थामा...
कोशी मुख्‍य समाचार समाचार

पहिराका कारण कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत रोकियो

गुल्मी, २० साउनः कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिराका कारण सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयुका...
कोशी मुख्‍य समाचार समाचार

हलेसीबाट फर्किँदै गरेको गाडी दुर्घटना, एकको मृत्यु, १० जना घाइते

इटहरी । खोटाङको हलेसीबाट दर्शन सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । उनीहरु सवार...
कोशी मुख्‍य समाचार समाचार

कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट

इटहरी ।  कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय...
कोशी बैंक–वित्त मुख्‍य समाचार समाचार

झापाका ठूला सहकारीमा पर्याप्त तरलता, सानामा छैन

बनियानी, १९ साउनः झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ । जिल्लाका ठूला सहकारी संस्थाहरुले जारी गरेको २०८२ को...
कोशी मुख्‍य समाचार समाज

पानी परेपछि सुनसरीका किसान खुसी

इनरुवा सुनसरी, १९ साउनः लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम...
अर्थ कोशी मुख्‍य समाचार समाचार

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो

फिक्कल इलाम, १९ साउन : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१÷८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ...