२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

उर्जा सचिवको विदाइमा मन्त्री खड्काले भने ः उहाँ कुशल प्रशासक हो, राज्यले अझै उपयोग गर्छ

काठमाडौँ । करिब साढे तीन दशक लामो सरकारी सेवा जीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य विदा भएका छन् । आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक विदाई गरे । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । विदाई कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्यलाई ‘प्रष्ट विचार राख्ने, काममा कठोर तर इमानदार, जिम्मेवार र सहकार्यको भावना बोकेको कुशल प्रशासक’ भन्दै प्रशंसा गरे । मन्त्री खड्काले भने, ‘हस्पिटलको बेडमै रहँदा पनि जिम्मेवारीबारे सोच्ने उहाँ जस्ता समर्पित व्यक्ति राज्यको सम्पत्ति हुन्। साहित्य, लेखन र मनोरञ्जनप्रति रुचि राख्ने सचिव आचार्यलाई अवकाशपछि पनि राज्यले विभिन्न क्षेत्रमा उपयोग गर्न सक्नेछ ।’ २०८१ असोज ६ देखि ऊर्जामन्त्रालयमा सचिवको रुपमा कार्य गरेका आचार्यको योगदान स्मरण गर्नुहुँदै मन्त्री खड्काले स्वस्थ र सुखमय अवकाश जीवनको शुभकामना व्यक्त गरे । सो क्रममा सचिव सुरेश आचार्यले पनि भावुक मन्तव्य दिएका थिए । सेवाकालमा कसैप्रति कठोर व्यवहार भएको भए त्यसलाई पदको कठोरताका रूपमा बुझिदिन आग्रह गर्दै उनले भने, ‘मुलुकको ऊर्जा विकासको यात्रामा मन्त्रीज्यूको नेतृत्वमा सबैको साथ पाएँ । २८ हजार ५ सय मेगावाट उत्पादनको दीर्घकालीन लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र तयार पर्ने देखि जलविद्युत, प्रसारण लाइनदेखि भूमिगत आयोजनाको अनुगमनमा जुट्दा अपार अनुभव पाएँ ।’ आचार्यले बक्यौता रकम उठाउने, संरचनागत सुदृढीकरण गर्ने लगायतका चुनौतीपूर्ण काममा देखाएको प्रतिबद्धता स्मरण गर्दै भने, ‘राज्यले आवश्यकता ठाने भविष्यमा पनि म आफूलाई समर्पित गर्न सधैं तयार हुनेछु ।’ कार्यक्रममा सहसचिव सरिता दवाडीले सचिव आचार्यको लगनशीलता, कार्यशैली र प्रेरणादायी नेतृत्वको प्रशंसा गर्दै स्वस्थ जीवनको शुभकामना दिए । विदाई कार्यक्रममा ऊर्जा राज्यमन्त्री खामबहादुर गर्बुजा,...
बागमती मुख्‍य समाचार समाचार

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न भएको छ । आइतबार हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन...

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम...
बागमती मुख्‍य समाचार राजनीति

विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको...

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल...
बागमती मुख्‍य समाचार समाचार

बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्न माग

रामेछाप । मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सशस्त्र द्वन्द्वको बेलामा बलपूर्वक बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गर्न माग गरेको छ...
बागमती मुख्‍य समाचार समाचार

धन आर्जन गर्नकै लागि महालक्ष्मीको व्रत बस्ने हो

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमीदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ भएको छ । धनधान्यकी देवी महालक्ष्मीलाई...
बागमती मुख्‍य समाचार राजनीति समाचार

नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना

काठमाडौँ, १५ भदौः गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

चेपाङको जमिनमा विचौलिया

चितवन, १५ भदौः चितवनको पहाडी क्षेत्रमा जमिनको मूल्य बढ्दै गएपछि चेपाङ समुदायको बाहुल्यता भएका सो क्षेत्रमा विचौलियाहरूले प्रलोभनमा पारी जमिन...
बागमती मुख्‍य समाचार समाचार

दुई हजार १२० घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन बागलुङ, १५ भदौः लघुजलविद्युत्को भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल...
पर्यटन बागमती मुख्‍य समाचार समाचार

पर्यटन प्रवरद्धन गर्न जनकौली वनमा जिप सफारी

नारायणगढ चितवन, १५ भदौ ः चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहाको आडैमा अवस्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सेवा सुरु...