१४ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

चीन द्वारा सिभिल अस्पताललाई नेत्र उपचार उपकरण सहयोग

काठमाडौं । काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । चीनले पठाएको नेत्र उपकरण र सामाग्रीपछि चीन–नेपाल “लाइफलाइन एक्सप्रेस“ दृष्टिविहीनता निवारण सहयोग केन्द्रमार्फत बिरामीहरूले सहज र द्रुत सेवा पाउन थालेका छन् । “पहिले आँखा जाँच गर्न धेरै समय लाग्थ्यो, तर अहिले सजिलै धेरै प्रकारका परीक्षण यहीँ गर्न पाइन्छ । परिणाम पनि छिट्टै आउँछ,“ भनी स्थानीय बिरामी बसन्त पन्तले बताए । त्यस्तै अर्की बिरामी गोमा तामाङले पनि नयाँ उपकरणका कारण उपचार छिटो र प्रभावकारी भएको भन्दै खुसी व्यक्त गरिन् । उक्त सहयोग केन्द्र यस वर्ष मार्च महिनामा स्थापना गरिएको हो, जसलाई चीनले साघाई सहयोग संगठन (एससीओ) अन्तर्गतको स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत अघि बढाएको हो । नेपाल हाल एससस्ओको संवाद साझेदार राष्ट्र हो । चीनले २०२२ मा घोषणा गरेको ३ वर्षभित्र एससीओ सदस्य मुलुकका बिरामीलाई दुई हजार निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने योजनामा पनि नेपाल समावेश छ । सिभिल सर्विस अस्पतालका चिकित्सकहरूले नयाँ उपकरणले मोतिबिन्दु, ग्लुकोमा लगायतका आँखाका रोगको उपचारमा कार्यक्षमता बढाएको बताएका छन् । नेत्र विशेषज्ञ डा. प्रज्ञा बस्नेतका अनुसार, “यसले अस्पतालको शैक्षिक गतिविधि र बाहिर बिरामी जाँचमा ठूलो सहयोग पु¥याएको छ । अब घाउ पहिचान, कारण विश्लेषण र उपचार पद्धति निर्धारण गर्न सजिलो भएको छ ।” सीसीटीभी  
खेलकुद बागमती मुख्‍य समाचार

असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ चौथो प्रतिस्पर्धा...

काठमाडौं ।  भारतको असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ टिमले चौथो प्रतिस्पर्धा गर्ने भएको छ । तीन खेल...
अर्थ कर्पोरेट बागमती मुख्‍य समाचार समाचार

बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि...
बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेश सभाको बैठक आज (आइतबार) बस्दै

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभाको बैठक आज (आइतबार) बस्ने भएको छ । बागमती प्रदेश सभाको छैठौं अधिवेशनको बाइसौं बैठक...
बागमती मनोरन्जन मुख्‍य समाचार

इन्द्र जात्राः नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव...

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्वको रुपमा परिचित पर्व इन्द्रजात्रा नजिकिँदै छ । हरेक वर्ष, भाद्र शुक्ल...
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर...
बागमती मुख्‍य समाचार समाचार

आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ...
बागमती मुख्‍य समाचार समाचार

पोखरामा घरनिर्माण फेस्ट सम्पन्न

काठमाडौं । सुरक्षित र दिगो घर कसरी बनाउने लगायत सम्पूर्ण सेवाहरु एउटै छत मुनि समेटेर जानकारी दिने उदेश्यका साथ पोखरामा...
बागमती मुख्‍य समाचार विशेष समाचार

गौरा पर्व समाजिक एकता, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला भएको बताएका...
बागमती मुख्‍य समाचार समाचार

परराष्ट्रमन्त्री डा राणाले बुढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याएकी छन् । मन्त्री डा राणाले धार्मिक...
बागमती मुख्‍य समाचार समाचार

आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न दुईवटा संसदीय समितिका बैठक आज बस्दैछ । आइतबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी...
बागमती मुख्‍य समाचार विशेष समाचार

गोर्खाहरुको अधिकार र नागरिकता संकट : भूपू गोर्खा र सन्तानको...

काठमाडौं । भूपू गोर्खा र हाल कार्यरत गोर्खाहरुको अधिकार, नागरिकता र भविष्यप्रति राज्यले बेवास्ता गरेको भन्दै गुनासो बढेको छ ।...