१४ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार

चीनमा प्रधानमन्त्रीले सीमा समस्याबारे कुरा उठाउनुपर्छ : डा.उप्रेती

काठमाडौं । नेपाल–भारत सीमा अध्ययन समितिका संयोजक डा.विष्णु उप्रेतीले चीन भ्रमणको क्रममा प्रधानमन्त्रीले सीमाका बारेमा कुरा उठाउनुपर्ने बताएका छन् ।...
बागमती मनोरन्जन मुख्‍य समाचार

इन्द्रजात्रा सुरु, काठमाडौंमा विविध कार्यक्रम आयोजना हुँदै

काठमाडौं । लिच्छवीकालीन राजा गुणकामदेवको पालादेखि निरन्तर चलिआएको राजधानी काठमाडौंको एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व इन्द्रजात्रा (यँःया) यस वर्ष...
बागमती मुख्‍य समाचार समाचार

सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग उपचारको प्रारम्भः अत्याधुनिक मेसिन सञ्चालनमा

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोगको उपचार सेवा शुभारम्भ गरेको छ । अस्पतालमा आयोजित कार्यक्रमका बीच उक्त मेसिन हस्तान्तरण गर्दै मन्त्री पौडेलले सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर लागि परिरहेको बताए । ‘क्षयरोगको यथासक्य छिटो निदान गरेर हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय प्रतिबद्ध भएर कार्य गरिरहेको छ, ’आज यस अस्पतालमा सुरु भएको सेवा तथा जडान भएको अत्याधुनिक मेसिनले क्षयरोगको पहिचान गरी बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान दिने विश्वास हामीले लिएका छौं’, मन्त्री पौडेलली भने । यसअघि सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग परीक्षणको सुविधा नहुँदा त्यहाँ उपचारका लागि आउने बिरामीहरूले अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । यस सेवाले सशस्त्र प्रहरीका कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारण नागरिकलाई समेत छिटो र भरपर्दो परीक्षण सेवा सुनिश्चित गर्नेछ । ‘क्षयरोगमुक्त नेपाल बनाउने हाम्रो राष्ट्रिय अभियानमा प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ,’ कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले भने, ‘आज जडान भएको यस मोलिक्युलर टेस्ट मेसिनले अब बिरामीहरूलाई मात्र दुई घण्टामा क्षयरोगको निदान रिपोर्ट उपलब्ध गराउनेछ’ उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ५० लाख रुपैयाँको लागतमा उक्त मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो । नेपाल सरकारले क्षयरोग निदानलाई सहज र प्रभावकारी बनाउन देशभरका विभिन्न अस्पतालहरूमा क्षयरोग उपचार सेवा विस्तार गर्दै आएको छ । हालसम्म देशका १२८ वटा स्वास्थ्य संस्था तथा अस्पतालहरूबाट यो सेवा सफलतापूर्वक सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी अस्पतालमा यो सेवाको विस्तारले राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमलाई थप बल पुरÞ्याउने अपेक्षा गरिएको छ ।  
बागमती मुख्‍य समाचार समाचार

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

चौतारा, १६ भदौः जलवायु परिवर्तनको असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ...
बागमती मुख्‍य समाचार समाचार

बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा

काठमाडौँ, १६ भदौ : लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ५८...
अर्थ बागमती मुख्‍य समाचार समाचार

१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको छ ।...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अफगानिस्तान भुकम्पः पाँचसय भन्दा धेरैको मृत्यु, एकहजार व्यक्ति घाइते

काठमाडौं । सोमबार बिहान अफगानिस्तानमा गएको ६ रेक्टर स्केलको भूकम्पका कारण पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा...
बागमती मुख्‍य समाचार समाचार

नेसनल प्याब्सनले सार्वजनिक गर्यो विधेयकमा समेट्नुपर्ने विषय

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले नीजि लगानीमा सञ्चालन रहेका विद्यालयहरूका सन्दर्भमा विद्यालय शिक्षा...
बागमती मुख्‍य समाचार विशेष समाचार

भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्त्री रुष्ट

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक्न नेपाल सरकार सजग रहेको...
बागमती मुख्‍य समाचार समाचार

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयकमाथि छलफल, ऐन संशोधन हुने

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा छलफल भएको छ । सोमबार समितिमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल भएको हो । सोही क्रममा नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा.मनोज कुमार शाहीले ०५६ सालदेखि नै ऐन संशोधनको प्रक्रिया अगाडि बढाए पनि ऐन संशोधन हुन नसकेको भन्दै अहिले विज्ञ, विशेषज्ञ सबैलाई बोलाएर प्रदेश, केन्द्रीय र स्थानीय तहमा विभिन्न गोष्ठी र सूचनाहरु निकालेर ऐन संशोधन हुन लागेको बताएका छन् । उनले भने, ‘हामीले २५ वर्षको समयमा ५५ सालमा ऐन आउँदा, ५६ सालदेखि नै ऐन संशोधनको प्रक्रिया अगाडि बढाएका थियौं तर अहिलेसम्म त्यो ऐन संशोधन हुन सकेको थिएन् । अहिले भने प्रतिनिधि सभामा विचाराधिन छ, धेरै छलफल गरेका छौ । विज्ञ, विशेषज्ञ सबैलाई बोलाएर प्रदेश, केन्द्रीय  र स्थानिय तहमा विभिन्न गोष्ठी र सूचनाहरु निकालेर नै यो ऐन संशोधन हुदैँछ ।’ साथै, उनले अहिले पशु चिकित्साको क्षेत्र व्यवसायीकरण भइरहेको बेलामा हरेक स्थानीय तहमा पशु चिकित्सकको दरबन्दी सरकारले सिर्जना गरेको र यो क्षेत्रमा अहिले निजी क्षेत्रको पनि सहभागिता बढि रहेको बताए । उनले भने, ‘अहिले पशु चिकित्साको क्षेत्रमा अथवा पशुपन्छीको क्षेत्रमा यति धेरै व्यवसायीकरण भयो कि हरेक किसानले विशेषज्ञ सेवा खोजीरहेका छन् । विज्ञ सेवा धेरै माग भइरहेको छ । हरेक स्थानीय तहमा पशु चिकित्सकको दरबन्दी नेपाल सरकारले सिर्जना गरेको छ र यो क्षेत्रमा अहिले निजी क्षेत्रको पनि सहभागिता बढि रहेको छ ।’ उनले शैक्षिक संस्था नियमनको कुरामा परिषद्ले पशु चिकित्सक पढ्ने शैक्षिक संस्थाको मात्र नियमन गर्ने भन्दै पशु चिकित्सकले गर्ने पशु पालन र पशु विज्ञानका कामहरु पनि यही परिषद्ले नियमन गर्ने व्यवस्था यो विधेयकमा प्रस्ताव गरिएको बताए । पशु स्वास्थ्यको प्रमाणिकरण गर्ने मासु,...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन्...
बागमती मनोरन्जन मुख्‍य समाचार

देवभूमि मानव सेवा समाजले सुरु गर्यो धार्मिक महोत्सव

काठमाडौं । देवभूमि मानव सेवा समाजले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान...